Subscribe Us

चीनको कोइला खानीमा भएको दुर्घटनामा १९ को मृत्यु

११ चैत, काठमाडौं ।
चीनमा बुधबार राति भएको कोइला खानीमा दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार चिनियाँ अधिकारीहरुले त्यहाँ हुने गरेको खानी दुर्घटनाको पछिल्लो शिकार १९ जना मजदुर भएको जानकारी दिएका हुन् ।
24032016123106coal-1000x0
उत्तरी चीनको सान्ची प्रान्तमा बुधबार राति सो दुर्घटना भएको बताइएको हो । राति १० बजे उक्त प्रान्तको सानियान काउन्टीमा रहेको एन्पिङ खानीमा सो घटना भएको खानी मालिकले जानकारी दिएका छन् ।
खानीमा अकस्मात भएको विस्फोटमा परी १९को ज्यान गएको र अरु केही हराईरहेका प्राप्त समाचारमा जनाइएको छ ।
उक्त काउन्टीमा रहेको खानी समूहले बिहीबार त्यसमा अरु मजदुर नफसेका र मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् ।
सो समूहले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– दुर्घटना भएको समयमा १२९ जना मजदुर कार्यरत थिए, अरु केही घाइते भएका छन् ।
उक्त दुर्घटनापछि घाइतेलाई अस्पताल पुर्‍याइएको छ भने थप उद्वारको काम जारी रहेको छ । सो काउन्टीमा यसअघि पनि कोइला खानीमा दुर्घटना भएको थियो । एजेन्सी

Post a Comment

0 Comments