Subscribe Us

प्रचण्ड लेख्छन् : राज्यसत्ताको परिवर्तन एकता र जनविद्रोहबाट

काठमाडौं । सत्तारुढ दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यसत्ताको परिवर्तन फुटेका माओवादीबीचको एकता र जनविद्रोहबाट मात्रै सम्भव रहेको बताए ।


फुटेका माओवादी एकताको सन्दर्भलाई लिएर मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) को केन्द्रीय समिति बैठकपूर्व तयार पारिएको तीन पाना लामो दस्ताबेजमा उनले राज्यसत्ता परिवर्तन जरुरत भएको आँैल्याए । राज्यसत्ता परिवर्तनका लागि फुटेका माओवादीबीच एकता आवश्यक रहेको उल्लेख गरे । 

विद्रोहको शैली बदल्दै माओवादी एक भई राज्यसत्ता परिवर्तन विरुद्धको आन्दोलनमा अग्रसर हुनुपर्नेमा जोड दिँदै प्रचण्डले आफ्नो दस्ताबेजमा फेरि राज्यसत्ताविरुद्ध निर्णायक विद्रोह गर्नुपर्ने बताएका छन् ।

नेतृत्वसँग विभिन्न बुँदामा असहमति जनाउँदै पार्टी फुटाएका नेतृत्वलाई समेत प्रचण्डले लेखेका सो दस्ताबेज पठाइसकेको स्रोतको भनाइ छ । ‘नयाँ संविधानले सबै क्षेत्रका जनताको हक अधिकारका मुद्दालाई अझै पर्याप्त मात्रामा समेट्न सकेको छैन,’ उनले लेखेका छन्, ‘प्राप्त उपलब्धिको रक्षा र प्राप्त गर्न बाँकी थप उपलब्धिका लागि माओवादी एकता आजको पहिलो आवश्यकता हो ।’ उनले संविधान अझै अपूर्ण रहेको औंल्याउँदै संविधानलाई पूर्णता दिई राज्यसत्ता परिवर्तन गर्न माओवादी एक भएर लाग्नुपर्नेमा प्रचण्डको जोड छ ।

‘सडक, सदन र सरकारका सबै मोर्चाबाट हस्तक्षेप बढाउँदै लगेर एक निश्चित बिन्दुमा बलप्रयोगसहित जनताको निर्णायक विद्रोहबाट मात्र राज्यसत्ताको चरित्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ ।’ उनले दस्ताबेजमा लेखेका छन्, ‘नयाँ जनवादी क्रान्तिको रणनीति वा समाजवादी क्रान्तिको रणनीति भन्नेलगायत प्रश्नलाई विना कुनै आग्रह, पूर्वाग्रह आन्तरिक अध्ययन र छलफलबाट ठोस निष्कर्षमा पुग्न उचित हुनेछ ।’
‘संविधानसभाबाट प्राप्त संविधान महान् जनयुद्ध र ऐतिहासिक दोस्रो जनआन्दोलनबाट अगाडि ल्याएका केही महत्वपूर्ण राजनीतिक मुद्दा अवश्य सम्बोधन भएका छन् ।’ उनले दस्ताबेजमा उल्लेख छ कि ‘यसका बाबजुद संविधानमा यथास्थितिवादी र प्रतिक्रियावादी प्रावधानसमेत रहेको छ ।’

Post a Comment

0 Comments