Subscribe Us

प्रधानमन्त्री कार्यालयको द्धन्द्धको गन्ध बेइजिङम्म

 काठमाडौं । भन्न पनि लाजमर्दो कुरा छ कि, मुलुकका प्रधानमन्त्री विदेश भ्रमणमा जान्छन्, तर विदेश मामिला विज्ञ र भ्रमणबारे नियमित अपडेटिङ गर्ने आफ्नै सचिवालयका प्रेस अधिकारी टोलीमा पर्दैनन् ।

कुनै प्राविधिक समस्याले परेनन् होला भन्ने हो भने कुनै पनि मापदण्डबाट भ्रमण दलमा पर्दै नपर्ने मानिस पनि दौरा सुरुवाल ढल्काएर अहिले बेइजिङतिर हल्लिरहेका छन् ।


काठमाडौंस्थित प्रधानमन्त्री सचिवालयमा अहिले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भर्सेज सचिवालयका अन्य पदाधिकारीबीचको द्धन्द्धको गन्ध बेइजिङसम्म पुगेको छ ।

कुरा के भने, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, प्रेस विज्ञ, चेतन अधिकारी काठमाडौंमै छन् तर जिफन्ट बिल्डिङमा एम्ज माउस नामक पत्रिका डिजाइन गर्ने अफिस खोजेको र विष्णु रिमालसँग राम्रो सम्बन्ध भएका महेन्द्र श्रेष्ठ भ्रमण दलमा सामेल छन् ।

ओली प्रधानमन्त्री नहुँदैदेखि उनको सचिवालय सम्हाल्दै आएका रमेश आचार्य पनि चीन भ्रमणमा परेनन् । प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भ्रमण दलमा छन् । यता, प्रधानमन्त्रीको सचिवालयमा प्रधानमन्त्रीसँग सबभन्दा बढी नजिकमा को रहे भन्ने शीतयुद्ध चल्दा नीरुदेवी पालले रमेशलाई उछिन्दै आएकी थिइन् । भनिन्छ उनैले हो रमेशलाई चीन जानबाट हटाएको । जनआस्था साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments