Subscribe Us

विमानमा बम ! किन हुन्छ हल्ला ?

काठमाडौ । भारतको नयाँदिल्लीबाट १ सय ६२ यात्रु लिएर काठमाडौं आइरहेको जेट एयरवेजको जहाजलाई आइतबार त्रिभुवन विमानस्थल टावरले सोध्यो, ‘तिम्रो जहाजमा बम थ्रेटको खबर आएको छ उतै फर्किन्छौ कि यता आउने?’
Jet-Airways-Fly
जेटका क्याप्टेनले जहाजलाई काठमाडौं अवतरढा गराउनै सजिलो हुने बताएपछि धावनमार्ग क्लियर गराइयो। जेटको विमानमा बम रहेको अपुष्ट खबर कुनै अज्ञात व्यक्तिले नयाँदिल्लीस्थित उसकै कलसेन्टरमा नोट गराउँदा जहाज सिमरामाथिको आकाशमा होल्डमा थियो।

भारत बाहिरको मोबाइलबाट नोट गराइएको उक्त खबर दिल्लीस्थित जेट एयरवेजले काठमाडौंस्थित स्टेशनमा टिपायो। स्टेसनले त्यो अपुष्ट बम थ्रेटको खबर त्रिभुवन विमानस्थललाई गराउँदा उक्त विमान काठमाडौदेखि करिब ५८ किलोमिटर परको आकाशमा घुमिरहेको थियो।

त्यसबेला काठमाडौंको विमानस्थल भिजिविलिटी त कम थियो नै, चीन भ्रमणबाट फर्केका प्रधानमन्त्रीको जहाज पनि अवतरण गर्ने तरखरमा थियो। आजको कान्तिपुरमा समाचार छ ।

Post a Comment

0 Comments