Subscribe Us

महिला बेच्ने दुई जना जोगमनीबाट पक्राउ

मोरङ, २ चैत । सात जना महिला भारत लगेर बेच्न खोज्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

सुनसरी पाँचकन्याकी ३१ वर्षीया फुलमायाँ तामाङ तथा इनरुवा–२ का रोहित दर्नाल रहेका छन् । उनीहरुलाई विशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जोगवनीको रेल्बेबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । 

केही दिनअघि भारतमा बेचिन लागेका सात जना नेपाली महिलालाई जोगवनीको रेल्बे स्टेसनबाट प्रहरीले उद्धार गरेको थियो । 

Post a Comment

0 Comments