Subscribe Us

लकर सेवा मापदण्ड विपरित

बहुमुल्य सामानको सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थाले दिने लकर सेवा बिनामापदण्ड सञ्चालनमा रहेको पाइएको छ । कारोबार दैनिकमा समाचार छ।
सर्वसाधारणको आकर्षण बढेसँगै बैंकहरुले लकर सेवालाई प्राथमिकता दिए पनि हालसम्म सञ्चालन र प्रयोगबारे कुनै नीतिगत मापदण्ड बनेकाे छैन ।
 एकीकृत नेकपा माओवादीका सांसद तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको लकरमा १४ राउन्ड गाेली भेटिएपछि लकरको गलत प्रयोग हुने गरेको तथ्य बाहिर आएको हो ।

घटनाले लकर सञ्चालन र प्रयोगबारे मापदण्ड बनाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता देखाएको सरकारी अधिकारीहरु नै स्वीकार्छन ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी लामाको घटनाले लकर सञ्चालनमा नीति-नियमको आवश्यकता साथै सेवा दिने बैंकहरुको पनि सावधानी अपनाउनु पर्ने पाठ सिकाएको बताउँछन् ।

Post a Comment

0 Comments