Subscribe Us

प्रधानमन्त्री उडेको १० दिनपछि विमानको प्रमाणित उडान

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उडेको १० दिनपछि हिमालय एयरलाइन्सले प्रुभिङ फ्लाइट (प्रमाणित उडान) गराएकेा छ ।
निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाले उडान प्रमाणित नै नगरी यही चैत ७ गते प्रधानमन्त्रीको टोलीलाई चीन उडाएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।
Jet-Airways-Fly
सोही टोली लिएर १४ गते काठमाडौं फर्किएपछि हिमालयले बुधबार औपचारिक रुपमा काठमाडौं दिल्ली काठमाडौंको रुटमा सफल प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको हो ।

हिमालयले जारी गरेको विज्ञप्तिमा यो वायुसोवाले व्यावसायिक उडानको तयारीको प्रैदर्शन गर्न प्रुभिङ फ्लायट गरेको जानकारी दिएको हो ।

नेपाल चीनको संयुक्त लागानीमा नेपालमा सञ्चालन तयारीमा रहेको ९ एन एएलएम कल साइनको जहाजले प्रभिङ फ्लाइट गरेको हो ।

एयसवस कम्पनीको एक सय ५८ सीट क्ष्मताको ए ३२०-२१४ नामक यो जहाजले विमान सेवा सञ्चालनको सम्पूर्ण पक्षको बारेमा व्यावसायिक उडान भर्न दक्ष रहेको सावित गरेको जानकारी पनि दिएको छ ।

Post a Comment

0 Comments