Subscribe Us

बिराजसँग निशाको रोमान्स गराउँदै रोज राणा

काठमाडौं । पाँचबर्ष पछि निर्माता रोज राणाले सुपरस्टार बिराज भट्टलाई साथमा लिएर फिल्म निर्देशनमा उत्रिने तयारी गरेका छन् । 

आईतबार दरबारमार्गस्थित होटल उडल्याडमा निर्माता राणाले आफ्नो देशको कलाकार आफ्नै हुन्छ र उसैको साथमा हिडे सफलता मिल्छ भन्दै नायक बिराटलाई लिएर एक्सन तथा लभ स्टोरी फिल्म पर्शुरामको निर्देशन गर्न लागेको घोषणा गरेका हुन । 

६ वटा फिल्म निर्माणको अनुभब बोकेका निर्माता राणा पर्शुरामबाट निर्देशन गर्न लागेका हुन । १ चैत्रबाट फ्लोरमा जाने पर्शुराम नायक बिराजको अपोजिटमा नायिका निशा अधिकारी हुने निर्देशक राणाले बताएका छन् । फिल्म नैना रेशम पश्चात नायक बिराजसँग निशाको यो दोश्रो अनस्क्रिन रोमान्स हुनेछ । फिल्ममा पात्र बाहेक एक घोडालाई समेत प्रमुख कलाकारको रुपमा अभिनय गराईने पर्शूराम युनिटले जनाएको छ । 

यस अघि दादागिरी, डन, खलनायक र दोस्तीमा बिराजलाई नै लियका राणालाई सफल निर्माताको परिचय दिलाएको थियो । पछिल्लो समय निर्माता राणा नेपाली काग्रेसकोे राजनीतिमा सक्रिय छन् । गएको काग्रेस जिल्ला अधिबेशनमा राणाले प्युठान जिल्लामा क्षेत्रिय सभापती निर्वाचित भएका छन ।

 राणको पर्शुराम नायक बिराटको कम व्याक
 

नेपाली चलचित्रका कुनै बेलाका सुपर स्टार बिराज भट्ट एकाएक नेपाली चलचित्रबाट  हराए । उनको अभाब नेपाली दर्शकले महशुस गरिरहेका थिए । विराजको एक्सन हेर्नका लागि आतुर दर्शकको ईच्छा अब पुरा हुने भएको छ । पाँच बर्ष पछि उनी फेरी नेपाली रजतपटमा फर्किएका छन् । विराज सोफिया सिने आर्टको व्यानरमा बन्न लागेको पर्शुराम चलचित्रबाट पुन नेपाली रजतपटमा फर्किन लागेका हुन् ।

नायिका निशा अधिकारी संग अनस्कृन रोमान्समा उत्रन लागेका विराज टिमलाई रोज राणाले एक्सन कट गर्न लागेका छन् । मिलन श्रेष्ठ र रोज राणाकै लगानीमा बन्न लागेको पर्शुराम मा रविन तामाड।को नेगेटीभ रोल रहेको छ । मौनता श्रेष्ठको कथा रहेको पर्शुराम व्यवसाहिक भन्दा पनि राम्रो चलचित्र बनाउन लागेको निर्माता तथा निर्देशक रोज राणाले बताएका छन् ।

भोलीबाट सुटिड। आरम्भ हुने पर्शुरामको आज राजधानिमा आयोजित कार्यक्रममा बोल्दै विराज भट्टले आफु नेपाली चलचित्रबाट नहराएको भन्दै अबका दिनमा बर्षको तिन ओटा नेपाली चलचित्रमा अभिनय गर्ने बताए ।

Post a Comment

0 Comments