Subscribe Us

तय भयो ०७३ को सार्वजनिक बिदा

काठमाडौं ।
०७३ देखि लोकतन्त्र दिवसको सार्वजनिक बिदा कटाई संविधान जारी भएको दिन असोज ३ मा बिदा दिइने भएको छ । 

मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ०६३ वैशाख ११ मा दोस्रो जनआन्दोलन सफल भएको दिनको सम्झनामा हरेक वर्ष लोकतन्त्र दिवस मनाइ सार्वजनिक बिदा दिइादै आएको थियो । मन्त्रिपरिषद्ले आगामी वर्षको क्यालेन्डर पारित गरेको छ ।
calicon
क्यालेन्डरमा सरकारले आगामी वर्ष अघिल्लो वर्ष बराबर नै ३४ दिन सार्वजनिक बिदा दिने भएको छ । आगामी वर्ष ५२ शनिबारसहित ८६ दिन सार्वजनिक बिदा हुने गृह मन्त्रालयका अधिकारीले जनाए । 

Post a Comment

0 Comments