Subscribe Us

तेस्रो महिला भलिबलमा एपिएफ र पश्चिमाञ्चल विजयी

काठमाडौँ । ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ अन्तर्गत नेपाल एपिएफ क्लब र पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ विजयी भएका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) क्लबको खेल मैदानमा आज भएको खेलमा नेपाल एपिएफले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई २५–११, २५–०४ र २६–०९ ले पराजित गरेको हो ।


त्यस्तै, अर्को खेलमा खेलमा पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई २५–०६, २५–०७ र २५–१३ ले पराजित ग¥यो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको यो प्रतियोगितामा नेपाल एपिएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोट्र्स टे«निङ सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी पाँच टोलीले भाग लिएका छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार पुलिसविरुद्ध पश्चिमाञ्चल तथा एपिएफविरुद्ध जावलाखेल भिड्ने छन् ।

Post a Comment

0 Comments