Subscribe Us

यि हुन बदेश पठाउँछु भन्दै ठगी गर्ने गिरोहका नाइके

काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने नुवाकोट धानसिंङ ९ का पासर लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । 

पोर्चुगल पठाइदिने भन्दै लोहनीले पोखरा उपमहानगरपालीका १७ का हरीप्रसाद गुरुङ्ग, निसान गुरुङ्ग, कुमार गुरुङ्ग र सविन गुरुङ्गबाट ११ लाखका दरले रकम असुलेको गुनासो आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले लोहनीलाई शुक्रबार राजधानीको महाजगंजबाट पक्राउ गरेको हो । पोेर्चुगल हुँदै विभिन्न देश जाने पानी जहाजमा मासिक एक हजार अमेरिकन डलर कमाई हुने प्रलोभन देखाई उनीहरुलाई लोहनीले अवैध रुपमा जर्मन सम्म पठाएको र जर्मनको एयरपोर्टमा नक्कली कागजपत्र बनाएर पोर्चुगल छिर्न लागेको भन्ने रहस्य खुलेपछि जर्मन प्रहरीले पक्राउ गरी नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

लोहनीले लामो समय देखि अवैध रुपमा युरोपको भिसा लगाइदिने भन्दै रकम ठगी गरेको उजुरी बढ्न थालेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले रोल्पा गजुल गाविस वडा नम्बर १ खुम बहादुर केसीलाई पनि पक्राउ गरेको छ । अफ्रिकमा होलसेल पसलमा आर्कषक तलवको प्रलोभन देखाएर केसीले भैरहवा नगरपलीका १२ का विकाश थापा लगाएत ४ बाट ६ लाख ५० हजारका दरले आर्थिक उठाएको प्रहरीले जनाएको छ ।

महाशाखाको टोलीले केसीलाई बिहीबार राति राजधानीबाट पक्राउ गरेको हो । ठगीको अभियोगमा लामो समय देखि केसी बिरुध उजुरी परे पनि उनी प्रहरीको आखां छलि पोखरा, चितवन र राजधानीको विभिन्न स्थानमा बस्दै आएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments