Subscribe Us

दुई सय वेवसाइट ह्याक गर्ने ह्याकर पक्राउ


काठमार्डौं, १० चैत । बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुका वेवसाइट ह्याक गर्ने ह्याकरलाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौं नागार्जुन नगरपालिका बालाजु हाईट बस्ने तनहुँ बन्दीपुरका १८ बर्षीय बिकास पौडेललाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो । पौडेललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयहरुको वेवसाइट ह्याक भएपछि महाशाखाले प्राप्त सूचनाहरुको आधारमा ह्याकर्सको बारेमा प्रारम्भिक अनुसन्धानबाट ह्याक गरेको पाईएको छ । उनीमार्फत बिभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुको वेवसाइट ह्याक गरेको खुल्न आएपछि उनलाई महाशाखाले पक्राउ गरेको जनाएको छ ।

पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंस्थानका केही प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करीव २ सय वटा वेवसाइटहरु ह्याक गरेको बुझिन आएकोले सो सम्बन्धमा अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments