Subscribe Us

साइबर क्राइम प्रहरीको टाउको दुखाइ

काठमाडौं ।
नेपाल प्रहरी मातहतका तीन निकाय अहिले एकै प्रकृतिको अपराध अनुसन्धानमा केन्द्रित छन् । प्रहरी केन्द्रीय अनुसन्धान व्युरो, महानगरीय प्र्रहरी अपराध महाशाखा अनि काठमाडौं परिसर गम्भीर प्रकृतिको साइबर क्राइम जालो खोतल्न जुटेका हुन् ।

cyber-crime
ब्युरोले सामाजिक सञ्जाल दुरुपयोगले बढेका बलात्कार घटनामाथि अनुसन्धान केन्द्रित गरेको छ भने महाशाखा हत्या अनि परिसर संगठित ठगीमाथि अनुसन्धान गरिरहेका छन् ।

केही वर्षअघिसम्म चरित्रहत्यको उजुरीमा सीमित साइबर क्राइम अहिले बलात्कार, हत्या, ठगीजस्ता जघन्य अपराधसम्म फैलिएपछि प्रहरी चनाखो भएको हो ।

 तर, बलियो नीति, अन्तर्राष्ट्रिय पहुँच , जनशक्ति र साधन स्रोत अभावमा सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रण थप जटिल हुँदै गएको प्रहरी अधिकारी नै बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

Post a Comment

0 Comments