Subscribe Us

निर्वाचन क्षेत्र विकास बजेटमा सांसद रामहरीको मनपरी

काठमाडौं । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको नाममा राज्यले सांसदहरुलाई उपलब्ध गराएको रकममा काभ्रे जिल्ला २ नम्बर क्षेत्रका सांसद रामहरी सुवेदीले मनपरी गरेको पाइएको छ ।

सांसद् सुवेदीले आवश्यकता र प्राथमिकता दिनुपर्ने क्षेत्रभन्दा कार्यकर्ता र मतदाता भएका क्षेत्रमा मात्रै रकम बाँडफाँड गरेको तथ्य बाहिर आएको हो । काभ्रे जिल्लामै विकट र दुर्गम क्षेत्रको रुपमा चिनिने २ नम्बरको सांसद विकास बजेटमा उनले स्थानीय जनताको चाहना र आवश्यकताभन्दा पनि आफू सम्बद्ध पार्टी कार्यकर्ता भएको क्षेत्रमा मात्रै बजेट थुपारिएको पाइएको हो ।


सुवेदीले आफ्नो निर्वाचन क्षेत्र विकासका लागि प्राप्त भएको कुल रकममध्ये ७५ लाख रुपियाँ पनौती नगरपालिकाभित्रै थुपारिएको छ । एउटै नगरपालिकाभित्र ७५ लाख रुपियाँ बजेट विनियोजन गरेका सांसद सुवेदीले सिंगो डाँडापारिमा भने मात्रै १० लाख रुपियाँ विनियोजन गरेको छ ।

डापारिस्थित डाँडागाउँ गाविस वडा नम्बर ५ मा सामुदायिक भवन निर्माणका लागि रु. १० लाख बजेट छुट्याइएको हो । यस विषयमा सांसद रामहरी सुवेदीले करिब ९ हजार मत आफूले पनौती नगरभित्रैबाट पाएका कारण आफूले पनौतीको विकासका लागि धेरै बजेट छुट्याइएको बताए ।

उनले डाँडापारिका गाविसका लागि गत वर्ष पुग्दो बजेट विनियोजन गरेको भन्दै एमालेले मात्रै आफूलाई भोट दिएको र अरुको सद्भाव मात्रै भएको भन्दै आफूले एमाले कार्यकर्ता भएको क्षेत्रमा मात्रै बजेट छुट्याइएको बताए । विकास निर्माणका योजना छनौटका क्रममा आफ्नो केही गल्ती भएको स्वीकार्दै रामहरीले भावी दिनमा सबैसँग सल्लाह लिएर अघि बढ्ने बताए ।

Post a Comment

0 Comments