Subscribe Us

पेस्तोलसहित अन्सारी र यादव पक्राउ

सिरहा, १४ चैत । सिरहा नगरपालिकाबाट मेड इन युएसए लेखेको पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन् । भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका अन्सारी र यादव सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो । उनीहरु स३प ७७९ नंको मोटरसाइकलमा सवार थिए । 

पक्राउ परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । उनले उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाउने बताए । 

Post a Comment

0 Comments