Subscribe Us

हरेक महिना ग्यासको मूल्य घटबढ हुने

१४ चैत, काठमाडौं ।
सरकारले खाना पकाउने ग्यासमा स्वचालित मूल्य लागू गर्ने भएको छ । इन्धन मूल्यमा आएको गिरावटलाई पछ्याउँदै नेपाल आयल निगमले ग्यासमा पनि स्वचालित मूल्य तय गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै घाटा बढ्दै गएपछि सरकारले ०७१ असोज देखि पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।

स्वचालित मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा घट्छ भने बढ्दा बढ्छ र निगमले घाटा वेहोर्नु पर्दैन ।
ग्यासमा स्वचालित मूल्य लागू गर्न निगमले प्रस्ताव गरेपछि आपूर्ति मन्त्रालयले कार्यविधि बनाउन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवत्ता दीपक सुवेदीका अनुसार डिजेल र पेट्रोलमा जस्तै ग्यासका लािग पनि छुट्टै कार्यविधि बनाएर मूल्य तय गर्नुपर्छ ।
हरेक महिना ग्यासको मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा वा घट्दा कतिसम्म समायोजन गर्न सकिन्छ भन्ने कार्यविधिमा प्रस्टउल्लेख हुनुपर्ने उनले बताए ।
आइओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । कारोबार दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments