Subscribe Us

चितुवाको छालासहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाले आज पत्रकार सम्मेलन गरेर उदयपुर घर भई हाल हरिसिद्धि बस्ने धु्रव भन्ने कृष्णबहादुर राईलाई बुधबार पक्राउ गरेको जानकारी दिएको हो ।

वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार महाशाखाबाट खटिएको टोलीले राईलाई कोटेश्वर चोकमा अवैधरुपमा छाला बिक्री गर्ने क्रममा पक्राउ गरेको बताए । उनले भने– पछिल्लो समयमा हामीले अपराधका मुद्दालाई प्राथमिकताका साथ हेरेका छौँ, त्यसैले धेरै अपराधी नियन्त्रणमा लिन सफल भएका छौँ ।”
यस्तै प्रहरीले अभियुक्त राईबाट बा२८प ३०४५ नंको कालो मोटरसाइकलसमेत बरामद गरेको छ । अभियुक्त राईलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments