Subscribe Us

एकतामा दुई प्रचण्डबीच रहस्यमय ‘इगो’

काठमाडौं ।
नेपाली राजनीतिमा चिरपरिचित नाम हो, ‘प्रचण्ड’ । तर, त्यही नाम एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओावदीबचिको एकतामा धेरैमध्ये एक अवरोधका रुपमा रहेको तथ्य भने स्वयं माओवादीकै कम कार्यकर्ताहरुल जानकार छन् ।
prachanda_cp gajurel
कुनैबेला प्रचण्ड नामले तत्कालीन मोटो मशालभित्र सीपी गजुरेल चर्चित थिए, जो अहिले गौरव नामबाट परिचित छन् । तर, करिब ३० वर्षअघि खोसिएको त्यही नामको इगोका कारण दाहाल–गजुरेलबीच आजका दिनसम्म पनि हृदय खोलेर कुराकानी नहुनुका साथै एकताको बाधकका रुपमा समेत रहेको रमाइलो किस्सा जानकारहरुबीच चर्चा हुन थालेको छ ।

एकताका विषयामा छलफल गर्न जारी वैद्य माओवादीको केन्द्रीय कमिटी बैठकमा गजुरेलले कुनै हालतमा प्रचण्ड माओवादीसँग एकता गर्न नहुने कडा लाइन समाएका छन् भने महासचिव रामबहादुर थापा बादल भने सैद्धान्तिक वैचारिक विषय गौण बनाएर तत्काल एकता गर्नुपर्ने पक्षमा उभिएका छन् ।

यो दुई धारपछि प्रचण्ड नामको इगोका विषयमा माओवादीभित्र चर्चाको विषय बन्न थालेको छ । पुराना समकालीन मित्र मात्रै होइन, भूमिगत कालमा जेलनेल खेपेका अनन्य मित्र भएकाले वैद्यले गजुरेललाई नकार्न सकेका छैनन्, त्यसमाथि पछि एकता प्रक्रियामा आएका नेता परी थापासहितको ३५ जनाको समूहले साथ दिएपछि वैद्यले सैद्धान्तिक–वैचारिक एकताको धारलाई बलियोसँग समाएका छन् । बुधबार साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments