Subscribe Us

सिके र चीनविरोधी गतिविधि रोक्न सर्कुलर

काठमाडौं ।
सरकारले देश विखण्डनको नारा लिएर हिँडेका सिके राउत र चीनविरोधी गतिविधि रोक्न मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको छ । गृह मन्त्रालयले पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।
home-ministry

तिब्बती धर्मगुरु तलाई लामाका समर्थकले चीनविरोधी गतिविधि गर्नसक्ने आशंकामा गृह मन्त्रालयले त्यस्ता गतिविधि हुन नदिने सर्कुलर जारी गरेको हो । 

विशेष गरी बौद्ध स्तुपा र गुम्बा रहेको जिल्लामा गृहले विशेष रुपमा चनाखो हुन सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

Post a Comment

0 Comments