हामीकहाँ देशबाट कमाएर खर्बपति बनेका व्यक्तिको नाम ‘फोब्र्स’ले छाप्न
मिल्ने हो भने छाप्न सक्नेजति पैसा धेरैले कमाएका छन् । देश बनाउँछु भन्ने
कुनै पनि मान्छे फर्केर आएनन् । खोला तारेको डुंगालाई फर्केर हेरेनन् ।
देशमा कैयौं आन्दोलन भए । यसमा दिलोज्यान दिएर मान्छे लागे । आखिरमा
केही नपाउने उनीहरू नै भए । त्यस्ता थुप्रै आन्दोलनमा हामी पनि लाग्यौं–
०४६ भन्दा अघि र पछिका व्यवस्थामा । अझ, ०४६ सालको आन्दोलनमा त हाम्रो
उपस्थिति सशक्त थियो ।
मदन दाइ र म ०४६ सालको आन्दोलनमा पनि लाग्यौं । त्यसबेला स्रष्टाहरूले
कालोपट्टी बाँधेर काम ग¥यौं । आन्दोलनमै लागेको भनेर हामी पक्राउ पनि प¥यौं
। पञ्चायतकालदेखि नै हास्यव्यंग्यको प्रकृति राजनीतिसँग नजिक रहेर
गथ्र्यौं । त्यही कारण धेरै खप्की खानुप¥यो । त्यो बेलामा राजनीतिलाई
आलोचना गथ्र्यौैं । बोल्नै नपाइने पञ्चायती शासनका बेला पनि हामीले अडियो
क्यासेटहरू गाउँ–गाउँ पु¥याउथ्यौं । अझ, विदेश जाने मान्छेहरूले लैजाने
‘फेबरेट’ कुरा त हाम्रा हास्यव्यंग्यका क्यासेट र गुन्द्रुक–मस्यौरा हुन्थे
। सुन्दा, पढ्दा, भोग्दा बडो आनन्द हुन्छ ।
हामीले कामै यस्तो खालको गरेका थियौं । मानिसहरूले मनको नजिक राखेका थिए
। हामी राजनीतिबाहिरको भए पनि जनताले राजनीतिक रूपमा हेर्न थालेका थिए ।
किनभने, उनीहरूको अपेक्षा राजनीतिले पूरा गर्न नसक्दा विकल्पका रूपमा
हामीलाई हेर्न थालेका थिए । तर, हाम्रो काम कलाकारितामात्रै गर्नु थियो र
हो । ०४६ सालको आन्दोलनमा पनि पञ्चायतविरुद्ध घुँडा धसेर लाग्यौं । त्यतिबेला
‘होस्टें होस्टें’ भन्ने कार्यक्रम गरेका थियौं । त्यसले शासकहरूको होस
उडाएको थियो ।
त्यति नै बेला पिस्कर काण्ड भएको थियो । नेविसंघको आयोजनामा हामीले एउटा
कार्यक्रम गरेका थियौं । त्यो कार्यक्रमपछि प्रहरीले हामीलाई थुन्यो ।
त्यसको विरोधमा विद्यार्थीहरुले भोलिपल्ट क्याम्पस बन्द गराए । म त्यसबेला राष्ट्र बैंकमा कर्मचारी थिएँ । मेरो जागिर खोसियो । मदन दाइ
कृषि विभागमा स्थायी कर्मचारी हुनुहुन्थ्यो, उहाँसँग स्पष्टीकरण लिइयो ।
जागिर गएपछि हामीले मह सञ्चारमार्फत काम गर्न थाल्यौं । हामी थुन्नै
पर्ने गरी होइन, ‘सिम्बोल’को रूपमा कलाकारिता गथ्र्यौं । त्यो व्यंग्यलाई
कानुन लाग्दैन । यो कुरा कलाकारिताले हामीलाई दिएको ‘भिटो’ हो । ०४६ मा
बहुदल आएपछि सबै चिनेका मान्छे नेता नै भए । तर, घनिष्टता कोहीसँग भएन ।
तर, हाम्रो व्यंग्य हेरेर उनीहरु रिसाएनन् । हामीले ‘सिम्बोल’को रूपमा
राजालाई पनि व्यंग्य गथ्र्यौं । पहिले दरबारलाई केही पर्ला भनेर मान्छे
आउँथे तर हामीले चाहिँ आफ्नो काम गरिछाड्थ्यौं ।
०६२/६३ को आन्दोलनमा पनि हामी सडकमै उत्रियौं । आममानिससँगै कुम जोडेर
बन्दुकअघि उभ्भियौं । धेरै मान्छे घाइते हुँदा हामी रहेको संस्था काठमाडौं
मोडल अस्पतालले पनि त्यसबेला धेरै काम ग¥यो । ढुंगाले जसको टाउकोमा लागे
पनि दौडाएर ल्याउने ठाउँ त्यही मोडल अस्पताल भएको थियो । आन्दोलन चर्किंदै
जाँदा त्यहाँ उपचारका लागि आउनेको संख्या पनि बढ्दै गयो । त्यसबेला
‘तपाईंसँग ब्यान्डेज लगाएको पैसा छ ?’ भनेर सोध्नै सकेनौं, हाम्रो
नैतिकताले दिँदैनथ्यो । देशलाई चाहिएका बेला हामीले नगरे कसले गर्ने ?
अस्पतालसँग त्यसो गरिदिने ‘फन्ड’ पनि थिएन । हामीले के गर्ने भनेर छलफल
ग¥यौं ।
मदन दाइ र मैले एक लाख रूपैयाँ राख्यौं । अस्पतालका डाक्टरसहित सबै
मिलेर एक लाख राख्नुभयो । हामीले कोषबारे सबैलाई भन्यौं । मान्छेहरू
‘कन्भिन्स’ भए । उपचार कोषमा पैसा राख्नु पनि आन्दोलनमा सहभागी भएजस्तै
ठाने । कोही मान्छे सडकमा आउन चाहँदैनन् तर अरु तरिकाले सहयोग गर्न खोज्छन्
।
उनीहरुले कोषमा पैसा राखिदिए । त्यतिबेला २ करोड ५० लाख रूपैयाँ जम्मा
भयो । त्यसले पाँच हजारभन्दा बढी घाइतेको उपचार गरियो । यो ठूलो प्रयास
थियो । प्रद्यूम्न खड्का सहिद हुनुभयो । उहाँलाई गोली लागेको थियो । हामीले
उहाँलाई दिल्ली पठाएका थियौं, दिल्लीमै आँखा चिम्लिनुभयो । त्यतिबेला
साह्रै दुःख लाग्यो ।
फेरि, विष्णुलाल महर्जन पनि सहिद हुनुभयो । उहाँ फोक्सो नचल्ने गरी
घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि जापानबाट डा. ताहिरालाई बोलायौं
। फोक्सो चल्ने पेसमेकर हाल्यौं । त्यसपछि उहाँ ५ वर्ष बाँच्नुभयो । उहाँ
एक जनाका लागि मात्रै ५० लाख रुपैयाँ खर्च भएको छ । खर्चभन्दा पनि आफू सरिक
भएको आन्दोलनपछिको समय उहाँले हेर्न पाउनुभयो । त्यो पनि महत्वपूर्ण कुरा
हो । मुकेश कायस्थज्यूलाई पनि हामीले सहयोग गर्न सक्यौं ।
त्यसमा भएको खर्च सबै जनताबाट उठाएको पैसा थियो । हामीले जनतालाई नै
हिसाब बुझाउनुपर्छ । बुझाउन सकेका पनि छौं । त्यतिबेला पैसा कसरी परिचालन
गर्ने भनेर कृष्णजंग रायमाझी, विष्णु निष्ठुरी, कनकमणि दीक्षितलगायत हामी
बसेर बोर्ड बनायौं । अनि त्यो बोर्डबाटै पैसा खर्च गर्न सुरु ग¥यौं ।
त्यत्रो पैसा राखौं भने सुरक्षाफौज आएर लैजाला भन्ने डर भयो । बैंकमा
राखौं– धेरै बैंक बन्द छन् । कुनै पनि बैंकले पैसा लिनै मानेनन् । लक्ष्मी
बैंकले रिसिप्ट नदिई लकरमा राखिदियो । हड्डीको चोट लागेको मान्छे आजसम्म पनि फलोअप गर्न आउँदैछन् । आन्दोलनले
घाइते भएका र अझै पूरै सन्चो नभएकाहरू अझै पनि उपचार गर्न आउनुहुन्छ ।
आन्दोलनले दिलाएको खत मेटिएको छैन, नेताहरूले सबैथोक बिर्सिसके !
पछि हामीसँग ५० लाख रूपैयाँ बाँकी थियो । त्यो मोडल अस्पतालको कोषमा
राखिदियौं । त्यो पैसा पनि घाइतेकै उपचारमा खर्च गर्ने भनेर राखेका हौं ।
पछि बाँकी रहेको २५ लाख रूपैयाँ मधेस आन्दोलनमा पठाएका थियौं ।
त्यो बेलाको समय नै त्यस्तै थियो । सबै सडकमा उत्रिएका थिए । हामी चुप
लागेर बस्ने कुरै थिएन । बानेश्वरमा कफ्र्युका बेला धर्ना बस्यौं । त्यहाँ
प्रहरीले गोली चलाए ।
दायाँबायाँबाट गोलीबारी गइरहेको थियो । पुरानो बानेश्वरको गुरुकुल गएर
लुक्यौं । त्यहाँ पनि प्रहरी आए । पर्खालबाट हामफालेर छिमेकीको घरमा गएर
लुक्यौं । प्रहरीले त्यहाँ पनि खोजे तर भेटाएनन् । ३/४ वर्षपछि एकजना इन्स्पेक्टरसँग भेट भयो । उनले भने, “दाइहरू
बानेश्वरमा धर्ना बसेका बेला गोली चलाउन आदेश थियो । तर, मैले नलाग्ने गरी
हानेको हो दाइ । आदेश आएपछि मैले गोली त हानें तर नलाग्ने गरी ।”
यो सबै मानिसले हामीलाई गरेको माया थियो ।
यो सबै मानिसले हामीलाई गरेको माया थियो ।
० ० ०
पछि माओवादीदले ७ दिन बन्द गर्दा हामीले बसन्तपुरमा कार्यक्रम ग¥यौं ।
त्यसबेला लाखौं मान्छे आए । माओवादीहरू बाहिरबाट रिसाए पनि भित्रभित्र खुसी
थिए । किनकि उनीहरूलाई पनि ‘सेफल्यान्डिङ’ गर्नु थियो । त्यो आन्दोलन
माओवादीलाई नै घाँडो भएको थियो । उनीहरूले पछि मदन दाइ र मेरो पुत्ला पनि
जलाएछन् । हामीलाई युरोपियन युनियनको पैसा खाएको आरोप पनि लगाइयो ।
अहिलेको देश
अहिले हेर्दा लाग्छ– नेपाल भन्ने देश नै नेपालीले चलाएका होइन रहेछन् ।
यो देश बाहिरबाट कसैले चलाउँदारै’छन् । बाहिरबाट चलाएको देशमा जति आन्दोलन
भए पनि केही हुँदोरहेनछ । २००७ सालदेखिको आन्दोलनको मूल्यांकन गर्दै जाने
हो भने अहिलेसम्मका आन्दोलनका उपलब्धि हातमा लाग्यो शून्य ! आफूले चलाएको
देश भए पो आफूले गरेको आन्दोलन सार्थक हुन्थ्यो ।
देश, नेता
हाम्रो देशका प्रधानमन्त्री र मन्त्रीको हैसियत अरू देशका
प्रदेशमन्त्रीको भन्दा पनि तल रहेछ । हाम्रा प्रधानमन्त्रीको हैसियत विदेशी
राजदूतभन्दा तलको रहेछ । देशका लागि गर्छु भनेर जो मान्छे आए पनि उसको
हातमा शून्य नै हुँदो रहेछ । राजनीतिमा आएका व्यक्तिहरू धेरै सम्पन्न भए । सबैको नभए पनि अधिकांश
राजनीतिज्ञको जीवनस्तर उकासियो । विश्वका मुलुकहरु राजनीतिले चल्छन्,
हामीकहाँ नेताले चलाउँछन् ।
राजनीतिमा लागेकाको जीवनस्तर धेरै नै उठ्यो किनकि उनीहरूले अरूले भनेको
माने । राजदूतहरूले भनेको मान्दिए, विदेशीले भनेको मान्दिए । उनीहरु त माथि
पुगे, देश जहाँको तहीँ रह्यो । संविधान बन्यो भनेर के गर्ने, संविधान खान
भएन ! संविधान टन्न खाएर पेट भर्ने भए त हुन्थ्यो ! संविधान बालेर घर
उज्यालो हुने भए त हुन्थ्यो !
प्रधानमन्त्री केपी शर्मा ओलीको मन जहिले पनि ढुकढुक भइरहेको हुन्छ ।
‘कहिले कसले खुस्काइदिने हो’ भन्ने डर छ । अर्काको पनि मुटु ढुकढुक भइरहेको
छ । उसले पनि केपी ओलीलाई कहिले खुस्काउन पाऊँ भन्ने सोचिरहेको छ ।
गुण्डाले चलाए देश
पोहोर साल प्रज्ञा भवनमा हामीले एउटा कार्यक्रम गरेका थियौं । त्यहाँ
एकजना भूतपूर्व प्रधानमन्त्री आउनुभएको थियो । हलमा ‘ए चोर चोर’ भनेर दर्शक
कराए । उहाँ बीचमै उठेर जानुभयो । त्यो उहाँहरूहले नै सिकाउनुभएको हो । त्यो संस्कार सिकाउने र मलजल गर्ने
उहाँहरू नै हो । ढुंगा हान्न सिकाउने, पुत्ला जलाउन उहाँहरुले नै
सिकाउनुभएको हो । जसले जसलाई जे गरे पनि भएको छ । म कुनै भ्रातृ संगठनको
मान्छे हुँ भने मान्छे मार्नेसम्मको छुट छ, संगठनले बचाइहाल्छ ।
ठूलो भ्रष्टाचार मुद्दा लागेका व्यक्तिलाई स–सम्मान निर्वाचित गराइएको छ
। उनीहरुलाई ठूलो मान्छे बनाउने प्रयास गरिएको छ । दण्डहीनता यति बढ्यो कि
पहुँचभन्दा बाहिरकाले मात्रै दण्ड र सजाय पाइरहेका छन् । हामीले कुनै ठाउँमा जलविद्युत् आयोजना थाल्यौं भने त्यहाँ बन्दुक लिएर
आइहाल्छन् । मलाई चन्दा खोइ भन्छन् । गुण्डाहरूसँग सहकार्य नगरी कामै गर्न
नसकिने अवस्था छ । गुण्डाहरूसँग अंकमाल नगरी देशको गौरवमय योजना बनाउन
सकिँदैन । गुण्डा कसले पाल्यो ? दलले पाले, नेताले पाले । एउटा गुण्डा
मारिँदा संसद्मा कुरा उठ्छ ! योभन्दा हरिबिजोग अरु के हुन्छ ? देश नै
गुण्डाले चलाइरहेका छन् ।
नाकाबन्दी
भारतले नाकाबन्दी गर्दा हामीले एउटा गीत गाएका थियौं । ‘धन्यवाद छ है
छिमेकी, धन्यवाद छ । छ्याङै ऐना देखाइदियौ नाकाबन्दीलाई, ढुंगेयुग
देखाइदियौ नाकाबन्दीलाई’ भनेर गीतै गायौँ । कतिपय देशले नेपालको विकास नै चाहेका रहेनछन् । नेपाल यत्तिकै रहोस्,
पाइला टेकेर खेल्न पाए हुन्थ्यो भन्ने सोच्दा रहेछन् । नेपालमा विध्वंश
मच्चाउने प्रपञ्च रच्दैछन् जस्तो लाग्छ । हाम्रो देश रणसंग्राम स्थल नबनोस् । नत्र हाम्रो आगामी पुस्ताले दुःख पाउँछ ।
एउटै भाषा बोल्नेबीचमा वैमनश्यता आयो भने त्यसलाई मिलाउन सकिन्छ । एउटै समुदाय, एउटै धर्म मान्नेबीचमा भयो भने पनि मिलाउन सकिन्छ तर भिन्नै भाषा, धर्म मान्नेबीच वैमनश्यता भयो भने, विभेद भयो भने देशलाई सुख हुँदैन । मधेसलाई पनि सम्बोधन गर्नैपर्छ । नभए देशले दुःख पाउँछ । नेपालमा जातीय गुट देखा परेका छन् । आ–आफ्नै सम्मेलन, आफ्नै कुरा गर्नेमात्रै भए । ठाउँको नाम लेख्दासमेत नेपाल लेख्न छाडे । यो सबै देख्दा साह्रै दुःख लाग्छ ।
‘जय मधेस, जय नेपाल देश’ भने कति राम्रो हुन्थ्यो !अझै पनि सबैथोक बिग्रिसक्यो जस्तो लागेको छैन । सप्रिने ठाउँ बाँकी छ ।बाह्रखरीबाट
0 Comments