Subscribe Us

५० केजी चाँदी र २० तोला अवैध सुन सहित भारतीय पक्राउ

सप्तरी, ६ वैशाख । राजविराजस्थित रुपनीमोडबाट प्रहरीले अवैध सुनचाँदी सहित एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल सिरहाको लहान नगरपालिकामा बस्दै आएका मोहम्मद मुहिम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मियाँका साथबाट ५० केजी चाँदी र २० तोला अवैध सुन बरामद गरिएको प्रहरी निरीक्षक सुरज खडकाले बताए । बरामद सुनचाँदी र अभियुक्त मुहिमलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।

Post a Comment

0 Comments