Subscribe Us

विद्रोहको तयारीमा वामदेव

काठमाडौं। पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी ओलीतर्फ लागेकहा उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ ।

20150706dpm-gautam-takes-charge-of-agriculture-ministry-600x0

झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको आजको अन्नपूर्णमा समाचार छ । अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो ।

पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिएका छन् । गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामको विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिएका थिए ।

नवौं महाधिवशनअभिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए । पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएपछि आफूलाई विभिन्न निर्णयको तहमा बाइपास गरिएको भन्दै गौतम असन्तुष्ट बन्दै आएका छन् ।

Post a Comment

0 Comments