Subscribe Us

दीक्षित आईसीयूमा, रिहा गर्न अन्तर्राष्ट्रिय दबाब

काठमाडौं । अख्तियया दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेका पत्रकार कनकमणि दिक्षित हिरासतमै अस्वस्थ भएपछि शनिबार उनलाई वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

Kanak-Mani-Dixit-1-1
उनको रक्तचाप निकै बढ्नुका साथै मुटु र छातीमा समेत समस्या देखिएको अस्पतालका चिकित्सकहरुले बताएको आजकोअन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ । उता, भारत, बंगलादेश, श्रीलंका, अमेरिका र बेलायतका पत्रकार तथा बुद्विजीविले दीक्षितलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

शनिबार संयुक्त प्रसविज्ञप्ति जारी गर्दै उनहिरुले दीक्ष्तिलाई रिहा गर्न माग गरेका हुन् ।  भारत अमेरिका श्रीलंका लगायतका विभिन्न देशका ३४ जना वरिष्ठ पत्रकमारले दीक्षितको रिहाइको लागि दबाब दिएका हुन् ।

Post a Comment

0 Comments