Subscribe Us

चीनमा कमल थापाले राजतन्त्र मागेपछि…

काठमाडौं ।
सवारी मन्त्रीका रुपमा प्रधानमन्त्री खड्ग ओलीको चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री कमल थापाले नेपालको संविधान र पछिल्लो परिस्थिति विपरीत उच्च राजनीतिक नेतृत्वसँग आफ्ना धारणा राखेको भन्दै आलोचना भएको छ ।
kamal-thapa-in-chian

सार्वजनिक फोरम तथा महत्त्वपूर्ण भेटघाटमा थापाले राजतन्त्रसहितको प्रजातन्त्र नै मुलुकको पहिलो आवश्यकता भन्दै वर्तमान अवस्था संक्रमणकाल मात्रै भएको बताएका थिए ।

भ्रमण दलमा सहभागी एक उच्च सरकारी अधिकारीका अनुसार थापाले नेपालको आधिकारिक नीति एवम् मान्यता विपरीत नेपालको नियम र कानुन लत्याएर संवैधानिक राजतन्त्र एवम् हिन्दू राष्ट्रको विषय अगाडि सारेका थिए ।

प्रधानमन्त्री खड्ग ओलीलाई समेत पछि पार्दै उनले राजतन्त्रको पक्षमा बखान गरेपछि केही मन्त्री र सरकारी अधिकारीले समेत अप्ठ्यारो मानेका थिए । उनले नेपालको पछिल्लो समस्याको समाधानका लागि समेत राजतन्त्र नै उत्तम विकल्पसहितको व्यवस्था भएको बताएका थिए ।

राष्ट्रपति प्रधानमन्त्री उपस्थित कार्यक्रम एवम् समारोहमा थापाले राजतन्त्रको वकालत नगरे पनि अन्य नेताहरुको अगाडि भने नेपालको समस्याको प्रमुख कारण नै गणतन्त्र भएको भन्दै आफैंले सपथ खाएको संविधान र आफ्नो पदीय मर्यादाको समेत खिल्लाी उडाएका थिए । 

मुलुकमा भएको राजतन्त्रको अन्त्यको पीडाले सबैभन्दा बढी छटपटाहट महसुस गरिरहेका थापाले चिनियाँ अधिकारीहरुसँग गैरकानुनी रुपमा प्रस्तुत हुनुलाई धेरैले रुचाएका छैनन् ।

भाषिक रुपमा पोख्त रहेका थापाले चिनियाँ अधिकारीसँग राजतन्त्र माग्दा उनका स्वकीय सचिव रहेका गोरखाका मोहन श्रेष्ठले पनि ‘हो मा हो’ मिलाउँदै गणतन्त्र अफाप सिद्ध भएको बताएका थिए । 

मुसा प्रवृत्तिमा सिद्धहस्त मानिने थापाले प्रधानमन्त्रीको समेत निर्देशनलाई अवज्ञा गर्दै राजतन्त्रको पक्षमा वकालत गर्दै हिँड्नुले पनि क्रमशः नेपालमा नयाँ आधारमा राजतन्त्र फर्काउने पूर्वतयारीको रुपमा लिइएको छ ।

यति मात्रै होइन, थापाले नेपालका सबै दल असफल भएको, अब आफ्नो पार्टीको पालो भन्दै खुलेआम अराजनीतिक र गैरकूटनीतिक व्यववहारसमेत गरेका थिए । जनआह्वान साप्ताहिकले खबर लेखेको छ ।

Post a Comment

0 Comments