Subscribe Us

सट्टेबाजीका गिरोह खोज्दै अपराध महाशाखा,
दुई पक्राउ अन्य फरार

काठमाडौं । महानगरीय अपराध महाशाखाले बुकीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग आइपिएलमा बाजी लगाउँने अर्थात बुकी खेल्ने दुई जनालाई महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

महाशाखाले साङगे ठकुरी र सुदीप गुरुङलाई पक्राउ गरेपछि राजधानीमा बुकीले जरो गाडेको पुष्टि भएको छ । उनीहरूले सट्टेबाजीसम्बन्धी वेबसाइट बेट ३६५ डटकमको रेटको आधारमा नेपालमा बाजी खेलाउँदै आएको महाशाखाले जनाएकोे छ ।  यद्यपि उनीहरूको अन्तराष्ट्रिय कनेक्सन भने देखिएको छैन । पछिल्लो समय नेपालको बिभिन्न शहरमा बुकी खेल्ने र खेलाउँनको होडबाजी चै चलेको छ । 

पक्राउ परेका गुरुङ र ठकुरीले दैनिक १०–१५ लाख रुपैयाँ बराबरको कारोबार गर्ने गरेको अनसुन्धानबाट खुलासा भएको छ ।  पाँच हजारदेखि १०–१५ लाख रुपैयाासम्मको बाजी यि दुईले खेलाउँने गरेको प्रहरीले बताएको छ ।  गत साता अपराध खबरले बुकीका धन्दावालाको बारेमा समाचार प्रकाशित गरेपछि महाशाखाले बुकी खेलाउँने र खेल्ने गिरोहमाथी निकरानी बढाएको थियो । 

Post a Comment

0 Comments