Subscribe Us

प्रहरी नायब निरीक्षकलाई बर्खास्ती, ३५ लाई विभागीय कारबाही


पर्सा, ९ वैशाख । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । 

सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना प्रहरीलाई विभागीय कारबाही गरेको हो । 

आव २०७२÷७३ को साउनदेखि चैतसम्मको नौ महिनामा मर्यादाविपरीत कार्य गरेको पाइएका २५ सिपाही, सात हवल्दार, दुई प्रहरी सहायक निरीक्षक र दुई प्रहरी नायब निरीक्षकलाई कारबाही गरिएको जिप्रका पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । उनले जनताको जीउधनको रक्षाका लागि खटिने सुरक्षाकर्मी चरित्रवान् हुन आवश्यक रहेकाले सङ्गठन सुदृढीकरणको अभियानअन्तर्गत नै पर्सामा ३६ जनालाई कारबाही गरिएको बताए । 

सङ्गठनको मर्यादा विपरीत कार्य गरेको पाइएपछि एकजना प्रहरी नायब निरीक्षकलाई जागिरबाट बर्खास्त गरिएको छ । साथै चारजनाको पदोन्नति रोक्का, २२ जनालाई नसिहत र अन्यको ग्रेड रोक्का गरिएको जिप्रका पर्साले जनाएको छ । 

Post a Comment

0 Comments