Subscribe Us

यि हुन डन दाउद्का नेपाली एजेन्ट नागराज

काठमाडौं । नेपाल, भारतलगायत सार्क राष्ट्र र केही अन्य मूलकमा अबैध मानिएको बुकी अर्थात खेलमा हुने एक प्रकारको जुवा खेलाउँने नेपालमा एक दर्जन अण्डरओल्ड डन दाउद ईब्राहिमका सहयोगी सक्रिय रहेको समाचार पात्त भएको छ ।

 बिषेश गरी भारतको अर्थतन्त्रलाई धरासायी पार्ने उदेश्यले दाउदले सुरु गरेको बुकी केही बर्षयता नेपालमा पनि सुरु भएको हो । 

भारतिय सिमा जोडिएका नेपालका शहर र काठमाडौंमा बुकी खेलाउँने र खेल्नेको सख्या उल्लेखेनिय रुपमा बृद्धि भएको स्रोत बताउँछ । 

गत साता भारतमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सुरु भए लगत्तै काठमाडौं लगाएत केही व्यापारीक जिल्लामा बुकी खेलाउने र खेल्नेको होडबाजी सुरु भएको छ । 

नेपालमा बुकी खेलाउँने मध्य नागराज उपनामले कुख्यात अमृत अग्रवाल हुन । नागराजले एक दशकदेखी राजधानीमा स्थाई रुपमा बसोबास गर्दै बुकी सञ्चालन गर्दै आएका छन् । गत साताबाट सुरु भएको आईपिएलमा नागराजले बुकीमा जुवा खेल्नको लागी ९८२३३३३५३० र ९८२३३३३५३१ नम्बरको दुई वटा मोबाईल नम्बरको प्रयोग गरेका थिए । जुन नम्बरमा फोन वा म्यासेज गरेर  बुकी बुक गराउने धन्दा नागराजले चलाएका थिए । 

खेल सुरु भएको भोलिपल्ट अर्थात गत आईतवार उक्त मोबाईल नम्बरसहित नागराजको धन्दाको अपराध खबरले पर्दाफास गरेपछि उक्त दुई नम्बरसहित आफ्नो प्राईभेट नम्बरसहित नागराजले अफ गरी दिल्ली फरार भएको स्रोत बताउँछ । 

अपराध खबरले उनको धन्दामा प्रयोग भएको नम्बर सार्बजनिक भएपछि आफ्ना सहयोगीलाई उक्त मोबाईल नम्बर लिक गर्ने व्यक्तिको खोजि गर्ने आदेश दिदैै नागराज दिल्ली उडेको स्रोत बताउँछ । दिल्ली पुगेको नागराज आज शुक्रवार दिउसो ईण्डिगो ईयरलाईन्सबाट काठमाडौं उत्रिदै छन् ।

। तिन बर्ष अगाडी सम्म कमलपोखरीको सिटी सेन्टरमा ऐडडी फिल्म देखाउँदै आएका अग्रवालले बिगत तिन बर्षदेखी अण्डरवल्ड डन दाउदको एजेन्ट भएर नेपालमा बुकी खेलाउँदै आएको स्रोतको दाबी छ । बुकी खेलाएकै भरमा अग्रवालले राजधानीमा करोडौं रुपैंयाँको सम्पत्ती जोडेको उनलाई नजिकबाट चिन्ने बताउँछन् ।

लाजिम्पाटस्थित होटल र्याडिसनमा टेबुल भाडामा लिएर बुकी खलाउँदै आएका अग्रवाल हाल आफ्नै घरमा बसेर बुकी सञ्चालन गर्छन । बाँसबारीको न्यूरो अस्पताल अगाडी अग्रवालको महल छ । अग्रवालका एक दर्जन दलाल काठमाडौं लगाएतका बिभिन्न जिल्लामा बुकी खेलाउँन सक्रिय रहेको स्रोत बताउँछ ।



Post a Comment

0 Comments