Subscribe Us

चीनले तातोपानी नाका खोल्ने तर एउटा यस्तो शर्त

काठमाडौं । चीनले आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ।
3dp_china3dp_map_flag
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा यस्तो जानकारी गराएका हुन् । तिब्बत सरकारले तातोपानीको विषयमा बेइजिङको निर्देशन आवश्यक पर्ने र त्यहीअनुरुप काम भइरहेको जानकारी सरकारलाई दिएको छ।

भूकक्पपछि चीनले खासास्थित आफ्नो भन्सार र अन्य कार्यालय हटाएको छ। चिनियाँ सेनाको एक टुकुडी र अन्य सुरक्षा निकायले त्यो क्षेत्रको सुरक्षा भने दिइरहेका छन् ।

चीनले खासाको बजारलाई न्यालोममा लैजाने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ। खासाबाट १५ किलोमिटर पर रहेको न्यालोम तातोपानीको सुख्खा बन्दरगाहबाट २७ किलोमिटर टाढा पर्छ। 

Post a Comment

0 Comments