Subscribe Us

पूर्व प्रधानसेनापति छत्रमान सिंहद्वारा रुकमांगद कटवालको पर्दाफास

काठमाडौं ।
पूर्व प्रधानसेनातपति रुकमांगद कटवालको प्रधानसेनापति पद थमौतिको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेको इतिहास छ । उनै कटवालपछि प्रधानसेनापति छत्रमानसिंह गुरुङले कटवालको के के भन्ने सबै विषय आफ्नो प्रकाशोन्मुख पुस्तकमा उतारेका छन् ।

उनले कटवालको फरक रवैयाबारे लेखेका छन्, ‘राष्ट्रपतिबाट प्रधानसेनापतिमा कटवालको थमौतिपछि मलाई बलाधिकृतको अलावा रथी कूलबहादुरको बलाध्यक्षको जिम्मेवारी पनि थपि दिइएको थियो ।
sena

कूलबहादुरलाई कुनै जिम्मेवारी दिइएको थिएन । १० बजे कार्यालय आउथे, ५ बजे फर्किन्थे । अवकाशपछि लिनुपर्ने घरबिदासम्म लिएनन् ।

 असार ६ गते अवकाश भएपछि घर बसे । कूलबहादुर घर बसेपछि चाँहि महारथी कटवालको रबैया उल्टो देखिन थाल्यो । आउँदो साउन २४ गते अवकाश हुने प्रधानसेनापति जस्तो हैन की, आफ्नो कार्यकालको बीचोबीचमा रहेको प्रधानसेनापति जस्तो ।

राष्ट्रपति र सबै राजनीतिक दल उहाँका पक्षमा, मित्रशक्तिहरु उहाँको पक्षमा, त्यसमाथि माओवादीले सरकार छाड्नुपरेको अवस्था–यस्तो नाजुक परिस्थितिमा उहाँको उत्तराधिकारीले काम गर्न सक्दैन, उहाँको अवधि थप्नैपर्छ जस्ता हल्लाहरु व्यापक हुँदै गए ।

मैले यसबारे सुनिश्चित हुन सेनामा भर्नाकालका मेरा साथी सहायक रथी विष्णुबहादुर गुरुङलाई आफ्नो कार्यलयमा बोलाएर भनें, ‘महारथी कटवालले पदावधि थप्न लागेको भन्ने हल्ला छ । उहाँसँग कुरा गरेर बुझ्न्स् न ।’ उनी कटवाललाई भेट्न गए र केही क्षणमा फर्के । विष्णुले सुनाए अनुसार, कटवालसँग केहीबेर गफगाफ भएपछि उनले भनेछन् ‘सर धेरै समय छैन अब ।

आफ्नो पदावधि बढाउनेतिर हैन, आफ्नो उत्तराधिकारी छत्रमानलाई ग्रुमिङ गर्नतिर लाग्नुपर्यो नी ।’
जवाफमा महारथी कटवालले भन्नुभएछ ‘एभ्रिबडी वान्टस टु मी कन्टिन्यु, ह्वाट क्यान आइ डु ?’ (सबैजना मेरो निरन्तरता चाहन्छन् त म के गरुँ ) मैले कटवालको आशय बुझिहालें । पदावधि बढाउन उहाँले राष्ट्रपति डा. रामवरण यादवलाई व्यापक जोड गर्नुभएको रहेछ । राष्ट्रपतिले जवाफ दिनुभएछ– ‘यस्तो कल्पनै नगर्नुस् । सिस्टम अनुसार चल्नुपर्छ ।

सिस्टम अनुसार आउँछन् जान्छन् ।’ प्रधानमन्त्री माधव नेपाललाई पनि यस विषयमा व्यापक दबाब दिनुभएको छर नमानेको जानकारी मैंले पाएँ । आफूकहाँ यो कुरा आउँदा रक्षामन्त्री विद्या भण्डारीले कटवाललाई भन्नुभएछ, ‘तपाई एक दिन पहिला अवकाश हुन पनि पर्दैन, एक दिन बढी बस्न पनि मिल्दैन ।’
यही बेला नेकपा एमालेका नेता केपी ओली अचानक दिल्ली जानुभयो ।
 यहाँ हल्ला चल्यो– उहाँ कटवालको पदावधि बढाउनेबारे भनसुन गर्न, लबिङ गर्न त्यता जानुभएको हो । केही दिनमा फर्किनुभयो । मैंले एकजना परिचित पत्रकारलाई यसबारेमा सोध्न भनें । उनले सोध्दा जवाफ पाएछन्, ‘नेपाली सेना वृद्धाश्रम होइन ।’ कान्तिपुर कोशेलीबाट ।

Post a Comment

0 Comments