Subscribe Us

पार्टीहरुको अस्तित्व समाप्त पार्ने खेलमा ओली

काठमाडौं । मुलुकमा अब छिट्टै राजनीतिक ध्रुवीकरण सुरु हुने र त्यसबेला एमाले–नेपाली कांग्रेसबाहेक अरु पार्टीको अस्तित्व नरहने प्रधानमन्त्री खड्गप्रसाद ओलीले निष्कर्ष निकालेका छन् ।

 हालै सम्पन्न एमालेको विस्तारित बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै ओलीले उक्त निष्कर्ष निकालेका हुन् ।
kp-oli1
६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचनका आधारमा सबै तहका व्यवस्थापिका संसद्को गठन हुने व्यवस्था संविधानमा छ । कुनै एउटा पार्टीको बहुमत नआउने र सरकार सधैं अस्थिर हुने भन्दै संविधानको यो प्रावधानको आलोचना सुरुदेखि नै हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले यसै आलोचनालाई मध्यनजर राख्दै राजनीतिक ध्रुवीकरणको संकेत गरेका हुन् या २०५४ सालको स्थानीय निर्वाचनमा जस्तै सबै पार्टीलाई समाप्त गरेर मुलुकमा एमालेको मात्रै एकदलीय शासन सुरु गर्ने ठूलै षड्यन्त्रका लागेका छन् ? त्यसको रहस्य खुल्न सकेको छैन ।

बहुदलीय शासन व्यवस्था स्वीकार्ने भने पनि जनवादी राज्यसत्ताको अवधारणालाई कायमै राखेका कारण अहिले सत्तामा रहेका एमाले र एमाओवादीबीच चुनावसम्ममा मिल्न सक्ने वा नमिले पनि कार्यगत एकता गर्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री ओली चुनावमा एमाओवादीसँग सहकार्य हुने कुरामा ढुक्क देखिएका छन् । 

Post a Comment

0 Comments