Subscribe Us

चिठ्ठा पर्यो भन्दै ठग्ने नयाँ शक्तिका केन्द्रीय सदस्य प्रहरीको नियन्त्रणमा

काठमाडौं, १२ वैशाख । दशक लामो जनयुद्व गरेर आएको एमाओवादीको योजना चाहना भनेको जनताले आफ्नो अधिकार आफैले लेख्ने हो र लेखाउने पनि हो । त्यसकै लागि दशक लामो जनयुद्व गरेको माओवादीले जनताको अधिकार स्थापीत गर्न १८ हजार भन्दा बढी नेपाली सपुतको धर्तीबाट बिदाई गर्यो ।

लाखौ नेपालीलाई घरबार बिहीन बनायो । दशक लामो जनयुद्व गरेर शान्ति प्रकृयामा आएको पनि दशक बिती सकेको छ तर बिडम्बना उनीहरुको प्रवृति भने पुरानै छ । अझै छुटेको छैन । त्यसको प्रमाणमध्येको एक हो पाँच लाख पाउण्डको चिठ्ठा पर्यो भन्दै ठगी गर्ने समूहका एजेन्ट अशोक कुमार थापा ।

डा। बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका केन्द्रिय पार्षद् सदस्य समेत रहेका थापालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ओखलढुंगाको दियाले–१का ३१ बर्षीय थापा माओवादीका पुर्व लडाकु कम्पनी कमाण्डरसमेत रहेका थिए । उनलाई व्यूरोले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

पेप्सी मोबाइल ड्र, युकेबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा यूकेको नंबरबाट पटक–पटक म्यासेज र फोन गरी उक्त रकम नेपाल पठाउन र सो सिलसिलामा वकिल खर्च बापत केही शुल्क लाग्छ ।

रकम हुण्डी मार्फत पठाउनु भनी बारम्बार फोन र म्यासेज गरेपछि पीडित महिलालाई हुण्डीबाट रकम पठाउने कार्यको बिश्वास नलागी बैंकिङ च्यानल मार्फत मात्र पैसा पठाउने अडान लिएपछि यूकेको नंबरबाट पुन फोन गरी नेपाल स्थित आफ्नो एजेन्ट सुर्यज्योती इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआइ बैंक, बौद्व शाखाको खातामा रकम जम्मा गर्नु भनी अनुरोध गरियो ।

अनुरोध गरेपछि बैंकिङ च्यानल मार्फत रकम पठाउनु भनेकाले पीडितलाई विश्वास लागि फोनमा भने बमोजिमको रकम सात लाख २५ हजार ८ सय पटक–पटक गरी बिभिन्न मितिमा जम्मा गरे पश्चात् सो खाताका खातावाल अशोक कुमार थापाले सोही बैंकको बौद्व शाखाबाट पटक–पटक गरी चेक मार्फत सात लाख २५ हजार९ भुक्तानी लिई ठगी गरी फरार रहेका थिए ।

के हुन्छ कारवाही ?

पक्राउ प्रतिवादी अशोक कुमार थापा उपर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई मुलुकी ऐन, ठगीको महल अन्तर्गत अनुसन्धान कार्य भैरहेको छ । कसूर ठहरिएमा पीडितलाई बिगो भराई बिगो बमोजिम जरिवाना र ५ बर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको व्यूरोले जनाएको छ ।

Post a Comment

0 Comments