Subscribe Us

बुकी सञ्चालक उप्रेती नै हुण्डीका कारोबारी

काठमाडौं । बुकीको धन्दा चलाउँने र जुवाडेलाई जुवा खेल्न उस्काउने गिरोहका नाईके नै अबैध हुण्डीको कारोबारमा संलग्न रहेको रहस्य खुलेको छ । केही बर्ष अगाडीसम्म क्यासिनोका सामान्य कर्मचारी काभ्रेका बिनोद उप्रेती अहिले हुण्डी र बुकीका नाईकेका रुपमा राजधानीमा स्थापित भएका छन् ।

 उप्रेतीले अबैध रुपमा थुपारीएको कालो धन हुण्डीको माध्यमबाट मासिक अरबौं रुपैंया बिदेश पठाउँने गरेको स्रोत बताउँछ । बुकीमा जितेको पैसा होस वा जुवाडेको जुवा खेल्न प्रयोग हुने पैसा उप्रेतीले हुण्डीको माध्यमबाट बिदेश पठाउँने गरेको उनलाई नजिकबाट चिन्नेको दाबी छ । 

लाजिम्पाटस्थित होटल र्याडिसनमा काम गर्दै गर्दा क्यासिनोसँग टेबुल भाडामा लिएर चलाउँन थालेका उप्रेतीको बुकी धन्दामा नागराजका नामले कुख्यात अमृत अग्रवालसँग भेटभएपछि उनले क्यासिनोबाटै टेबुल चलाउँने नाममा  बुकीको धन्दा सुरु गरेका थिए । भने क्यासिनोका जुवाडेलाई बिभिन्न प्रलोभन देखाएर जुवा खेल्नको लागी गोवा, सिक्किम, ढाकालगाएत मुलक पुर्याउने र जुवा खेल्ने पैसा आफै हुण्डी मार्फत बिदेश पठाउने धन्दाको सुरुवात गरेका थिए ।

 बुकी धन्दामा नागराजसँग सम्बन्ध चिसिएपछि अर्का बुकीका नाईके रमेश अयोग्यसँग मिलेर बुकीको धन्दा चलाउँदै आएका उप्रेतीले हाल मासिक अरबौं रुपैंया हुण्डी गर्दै आएका छन् । हाल बलदेब र बिनिय शाहाले सञ्चालन गरेको हायत होटलस्थित क्यासिनो प्राईडमा टेबुल चलाउँने उप्रेती नेपालका नम्बर १ हुण्डीका कारोबारी भएको स्रोतको दाबी छ । महानगरीय अपराध महाशाखाले हुण्डी कारोबारीमाथी अप्रेशन सुरु गरी एक दर्जनलाई कानूनी दायरामा ल्याएको छ । बिभिन्न व्यवसायीको आबरणमा हुण्डीको कारोबार गर्दै आएका ति व्यापारी अहिले मुद्दा खेप्दै छन् भने उप्रेती जस्ता ठूला गिरोह खुल्म खुल्ला धन्दा चलाई रहेका छन् । 

क्यासिनोमा टेबुल चलाउँने नाममा हुण्डीको कारोबार र बुकी जस्तो अबैध धन्दा चलाउँनेलाई कानुनी दायरामा ल्यार्ई छाड्ने अपराध महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालल बताए । भारतमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सुरु भएसँगै केही भारतिय माफियाले उप्रेती जस्तै केही क्यासिनोका दलाललाइ हातमा लिएर बुकीको धन्दा चलाउँदै आएका छन् । 

पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने र खेलाउँने नै बुकीमा सक्रिय भएका छन् । भारतिय नागरीक सेण्ठी भन्ने राकेश अग्रवाल, नागराज नामका अमित अग्रवाल र रमेश अयोग्य नेपालका प्रमुख बुकीका एजेन्ट भएको उच्च प्रहरी स्रोत बताउँछ । यि तिनले केही नेपालीलाई दलालको रुपमा प्रयोग गर्दै बुकी सञ्चालन गर्दै आएका छन् । 

नागराजले तुरुपको रुपमा प्रयोग गर्र्ने े राजधानीका बिनोद अहिले रमेशको लागी काम गर्दै आएका छन् । अपराध खबरले यिनिहरुको धन्दा र धन्दामा प्रयोग भएको मोबाईल नम्बरको पर्दाफास गरेपछि नागराज लगाएत एक दर्जन बुकीका कारोबारी यतिखेर फरार भई दिल्ली पुगेको स्रोत बताउँछ । भने नागराजले बुकी बुक गर्ने अन्य नम्बर सार्बजिन गर्ने हिम्मत गर्न सकेका छैनन् । जसको कारण उनको धन्दा चौपट भएको छ ।

Post a Comment

0 Comments