Subscribe Us

असारसम्म महाधिवेशन नगर्ने पार्टी खारेज हुने

काठमाडौं । निर्वाचन आयोगले ३६ जनालाई आगमी असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ । दर्ता भएकामध्ये ३६ दलले तोकिएको समयमा महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगले ०७३ असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ ।

Election-Commision-of-Nepal
सो सयमभित्र पनि महाधिवेशन नगर्ने दल खारेजीमा पर्नेछन् । गत २ वैशाखमा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । तर, आयोगले ती दललाई महाधिवेशन गर्नेबारे पत्राचार भने गरिसेकेको छैन ।

विभिन्न बाहानामा राजनीतिक दलले आफ्नो पार्टीको विधानमा तोकिएको समय कटाउनुकाु साथै निर्वाचन आयोगको राजानीतिक दलसम्बन्ध एिेनले तोकेको समय पनि कटाएका थिए ।

समयमै महाधिवेशन नगर्नेहरुमा सरकारमा सामेल दलहरु समेत रहेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छादारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शान्तिमन्त्री एकनाथ ढकालको नेपाल परिवारदल लगायतका ३६ दललले लामो समय भइसक्दा पनि महाधिवेशन गरेका छनैनन् ।

Post a Comment

0 Comments