Subscribe Us

बाबुरामको विरासत सम्हाल्न कमरेडद्वयको भिडन्त !

काठमाडौं। एमाओवादीबाट बाहिरिएर नयाँ शक्तिको सिर्जनामा लागेको बाबुराम भट्टराईको विरासत कसले धान्ने भन्नेमा एमाओवादीका नेता टोपबहादुर रायमाझी र राम कार्कीको अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।

पद र निरन्तरताका हिसाबले रायमाझी स्वतः नेता हुनुपर्ने रायमाझी पक्षको दावी रहेको छ भने तार्किक र सन्तुलित नेता राम कार्कीलाई बाबुराम पक्षको विरासत धान्ने क्षमताको भन्दै धेरै एमाओवादीले मानेका छन् ।
Ram-Karki-and-Top-Bahadur
राम कार्की स्वयम् भने उपप्रधानमन्त्री रायमाझीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइन्छ । उपप्रधानमन्त्री रायमाझीको हल्काफुल्का र अपारदर्शी कार्यशैली रहेकाले उनले अप्ठ्यारोमा पार्ने कार्कीलाई लागेको छ । 

अपारदर्शी सम्पत्ति थुपारेको र त्यो बाहिर आउला भन्ने भयले औपचारिक रुपमा छोडपत्रका लागि अदालतमा मुद्दा हालेकी श्रीमतीलाई रायमाझीले पुनः स्वीकारेकोमा एमाओवादी नेता राम कार्कीले राम्रो मानेका छैनन् ।

‘कि त मुद्दाको प्रक्रियामा जानु हुँदैनथियो, पोइल जानपाम भनेर मुद्दामा गएपछि अर्को लोग्ने ताक्ने त्यस्ती श्रीमती स्वीकार्नु हुँदैनथियो,’ कार्कीको भनाई उद्धृत गर्दै स्रोतको हवाला दिएर साँघु साप्ताहिकले खबर लेखेको छ ।

Post a Comment

0 Comments