Subscribe Us

बाँदरले मोबाइल चोर्ला है!

काठमाडौं ।
राम मन्दिरमा दर्शन गर्न आएकी एक श्रद्धालुको मोबाइल छेउमै राखिरहेका बेला क्षणभरमै चोरी भयो। यसरी एकैछिनमा मोबाइल गायब गर्ने मानिस वा चोर नभएर एउटा बाँदर थियो । 

त्यसपछि जति खानेकुरा दिए पनि बाँदरले मोबाइल दिएन बरु चपाउँदै मन्दिर परिसरभित्र र बाहिर उफ्रिरह्यो । अन्त्यमा मोबाइलसहित बाँदरै हरायो ।

बाँदरले मोबाइल खोसेको यो पहिलो घटना होइन । थापाथली र त्रिपुरेश्वर क्षेत्रमा पछिल्लो महिनामा बाँदरको आतंक बढेको छ। बाँदरहरुले बाटोमा हिड्ने र राम मन्दिरमा दर्शन गर्न आएका श्रद्धालुको झोला, मोबाइल आदि खोस्ने गरेका छन्।
monkey-with-mobile
चैते राम नवमीकै दिन दिपेश मण्डलले रामजानकी मन्दिरमा धार्मिक झन्डा राख्न रुख चढ्न लाग्दा आफूसँग भएको मोबाइल छेउमै राखे। मण्डल रुखमा चढ्न नपाउँदै बाँदरले मोबाइल लिएर गयो। मोबाइल लिएपछि बाँदर घरि यो रुख घरि मन्दिरको छानामा त कहिले बाटोमा पुग्थ्यो । ‘१ घण्टा पछ्याउँदा खानेकुरा दिएपछि बल्ल छाड्यो तर पुरै स्क्रिन टोकेर फटाइदिएछ,’ मण्डलले भने।

बाँदरले पहिले यस्ता क्रियाकलाप नगरे पनि झन्डै १ महिनादेखि उनीहरु अति सक्रिय भएको मन्दिरमै बस्दै आएका रामबहादुर मगरको मनाई छ। 

Post a Comment

0 Comments