Subscribe Us

ठूला दलको सम्पत्ति कति ?

Properties-of-big-partiesकांग्रेस : नगद सात करोड, अचल धेरै
काठमाडौं, १८ वैशाख । कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् । कांग्रेसले प्रतिसंसाद पाँच हजार लेबी लिन्छ ।
कांग्रेसका दुई सय ६ सांसद छन् । पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो । नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ । १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा यसपटक करिब पाँच लाख क्रियाशील सदस्य पुगेका छन् ।
एमालेसँग दुई अर्बको अचल सम्पत्ति
सरकारको नेतृत्वमा रहेको एमालेसँग दुई अर्ब रुपैयाँबराबरको अचल सम्पत्ति छ । चलनचल्तीको मूल्यअनुसार एमालेको केन्द्रदेखि, अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ । फर्निचर, कम्प्युटरलगायतका सामग्रीको समेत मूल्य जोड्दा दुई अर्बभन्दा बढी सम्पत्तिको लगत संकलन भएको एमालेले जनाएको छ । सबै सम्पत्ति जनसहयोगबाटै जोडिएको एमालेको दाबी छ ।
एमाओवादी : न बैंक खाता छ, न सम्पत्तिको यकिन
एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन । केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार)ले जानकारी दिए ।
एमाओवादी केन्द्रीय कार्यालयले आफ्नै कार्यालयभित्रकै चल–अचल सम्पत्तिको विवरणसमेत राख्न सकेको छैन । हालसालै भने एमाओवादीले त्यस्तो विवरण राख्न सुरु गरेको छ । ‘हामीसँग पार्टी केन्द्रीय कार्यालयभित्रकै फर्निचर, कम्युटरलगायतका सामग्रीको कोडिट रिपोर्ट थिएन, त्यसको सुरुवात अहिले गर्न थालेका छौँ,’ उपाध्यायले भने । 

Post a Comment

0 Comments