Subscribe Us

१४ जेठमा ‘एक्शन’

काठमाडौं । १४ जेठदेखि चिरायु फिल्मस्को ‘एक्शन’ रिलिजको तयारीमा रहेको छ । 

राजु अर्यालको निर्देशनमा तयार पारिएको सामाजिक घटनालाई कथामा उतारिएको फिल्म एक्शनप्रधान छ ।

 ६० लाख लगानी गरिएको चलचित्रको लागी मुख्य पात्रका रुपमा नायक शिव श्रेष्ठ, प्रमोद दिप र नायिका जेनिशा केसीको भूमिका रहेको छ ।  

उपत्यकाका हलसहित देशभर १४ जेठबाट फिल्म प्रदर्शन गरिन तयारी निर्माण पक्षले गरेको छ । यस अघि खेलाडी र जिन्दगीमा उत्कृष्ट भूमिका निभाएका नायक दिपले जिन्दगी चलचित्रमा पेट माथि गाडी चढाएर चर्चा कमाएका थिए । चलचित्रका निर्माता शर्मिला तमाङ गुरुङ र दिपेन्द्र कोईराला हुन् । 

समाजमा घटिरहेका अन्याय र अत्याचारविरुद्ध लड्न यस फिल्मले जनचेतना जगाउने दाबी निर्माण पक्षले गरेको छ । चलचित्र निर्माणका लागि राजेन्द्र दुलाल (बोस) को विशेष योगदान रहेको छ । यस चलचित्रबाट नवनायकको रुपमा कसम गुरुङको समेत आगमन भएको छ ।

Post a Comment

0 Comments