Subscribe Us

रिसोटमा कौंडा खेलाउँने खड्का प्रहरी फन्दामा,
हिरासत मुक्त भएको तिन दिनमै फेरी जुवा

काठमाडौं । दिन दाहडै रिसोटमा जुवा खेल्ने एक पेशेवर जुवाडेको समुहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णस्थित ग्रिन भिलेज रिसोटमा जुवा खेलिरहेका उनिहरुलाई महानगरीय प्रहरी बृत बौंद्धबाट खटिएको टोलीले जुवा खेल्न प्रयोग गरीएको १६ थान कौंडासहित ११ जनालाई शनिवार दिउँसो नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनिहरुको साथबाट ११ लाख नगदसमेत बरामत गरेको जनाएको छ । गणेश श्रेष्ठले संचालन गरेको उक्त रिसोटको कोठा बुक गरी गिरोहले जुवा खेलाएको प्रहरीले जनाएको छ । 

उक्त जुवा खेलाउने नाईके रामेछापका नारायण खड्का भएको स्रोत बताउँछ । खड्काले आफ्नो नाम नारयण श्रेत्री लेखाएका छन् । खड्का तिन दिन अगाडी मात्र जुवा मुद्दामा अदालतमा धरौंटी राखी छुटेका अभियुक्त हुन ।

 उनिहरुको समुहलाई एक साता अगाडी गौशाला प्रहरीले कपनबाट जुवा खेलेको आरोपमा पक्राउ गरेको थियो । छुटेको २ दिनमै उनले पुनः जुवा अखडा सञ्चालन गरेका हुन । एक दशक देखी खड्काले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । खड्काको जुवा अखडाबाट प्रहरीले

.बानेश्वर वस्ने वर्ष ६७ को ललित कार्की, जिल्ला पाँचथर अमरपुर १ घर भई का.जि.चावहिल वस्ने वर्ष ३७ को खगेन्द्र प्रसाद राई, ताप्लेजुङ्ग घर हाल तिनकुने वस्ने वर्ष ४६ को लक्ष्मण पुरी,.पेप्शीकोला वस्ने वर्ष ४७ को नर बहादुर कार्की, झापा विर्तामोड न.पा. ३ घर भई सुकेधारा वस्ने वर्ष ४९ को तारा रिजाल, जिल्ला रामेछाप मन्थली ९ घर भई भ.पु.जि.कौशलटार वस्ने वर्ष ४८ को नाराण क्षेत्री भन्ने नारायण खड्का, कोटेश्वर वस्ने वर्ष ४६ को मिन बहादुर खत्रि, पाँचथर फिदीम ९ घर भई गौसला वस्ने वर्ष ४५ को अर्जुन लिम्वु, धनकुटा राजारानी ६ घर भई.जावलाखेल वस्ने वर्ष ४० को मणी लिम्वु । सिन्धुली मजुवा २ घर भई डिल्लीवजार वस्ने वर्ष ४५ को वलराम घोडारी र होटल सञ्चालक काभ्रेपलाञ्चोक भुम्लुटार ४ घर नारायणटार वस्ने वर्ष ४० गणेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐन अनुसार भोली म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । जुवाडेको साथबाट प्रहरीले ७ हजार भारतिय रुपैंया समेत बरामत गरेको छ ।

Post a Comment

0 Comments