Subscribe Us

प्रतिष्ठीत म्यानपावर एसओएसले कुवेत पठाउने भन्दै यसरी ठग्यो दर्जन नेपालीलाई

काठमाडौं, १५ वैशाख । युवाहरुलाई रोजगारीका लागि खाडी, मलेसिया लगाएतका देशमा पठाउने म्यानपावर कम्पनी सात सय ५३ मध्ये पहिलो म्यानपावर कम्पनी हो एसओएस म्यानपावर । राजधानीको धापासीमा रहेको सो म्यानपावर कम्पनीले युवाहरुलाई विदेशमा पठाएर रोजगारीको व्यवस्था गर्ने गरेको छ । सो म्यानपावर कम्पनीले जती बढी कामदार विदेश पठाउने गरेको छ त्यती नै मात्रामा बढी युवाहरुलाई ठग्ने पनि गरेको छ । 

लामो समयदेखी युवाहरुलाई ठग्दै आएको सो म्यानपावर कम्पनीबाट ठगीएका एक दर्जन युवाहरुले आफुलाई एसओएस म्यानपावर कम्पनीले ठगेको भन्दै गुनासो पोखेका छन् । सो म्यानपावर कम्पनीबाट ठगीने मध्येका हुन् यम बहादुर गुरुङ र कुल बहादुर गुरुङ । जमलुङका उनीहरुबाट सो म्यानपावरले प्रतिव्यक्ति ९५÷९५ हजार रुपैयाँ ठगेको छ । उनीहरु मात्र होईन चीतवन लगायत अन्य जिल्ला १० जनालाई पनि त्यसैगरी ठगेको छ । उनीहरु १० जनाबाट प्रतिव्यक्ति एक लाख १५ हजार रुपैयाँका दरले पैसा लिएको पीडितको भनाई छ ।  

१२ जनालाई नै कुवेत स्थित हुन्डाई कम्पनीको ग्रिनफुडमा पठाउने भन्दै ठगी गरेको हो । उनीहरुलाई ठग्नमा सबै भन्दा ठुलो हात म्यानपावरका एजेन्ट केश बहादुर गुरुङको रहेको छ । ठगीएका उनीहरुले सो रकम एजेन्ट केश बहादुर गुरुङलाई मनी एक्सचेन्ज मार्फत पठाएका थिए । उनीहरुलाई चैत्र १८ शनिबार गते दिनको २ः३० बजे फ्लाईट छ भनेर काठमाडौं बोलाएर एक साता राखेर पुनः फ्लाईट भएन भन्दै जिल्ला फिर्ता पठाएका छन् । १८ गते फ्लाईट भनेर उनीहरुले १६ गते पैसा पठाएका थिए । 

कुवेतको सो कम्पनीमा हेल्पर, डिसवासरमा मासिक सय केडी तलबमा पठाउने भन्दै पैसा लिएको हो ।  
यो विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा म्यानपावकार अधिकारी हेम बहादुर गुरुङ,भरत खडका र बिजु राउतलाई पटक – पटक सम्पर्क  गर्न खोज्दा सम्पर्कमा ल्याउन सकिए । 

Post a Comment

0 Comments