Subscribe Us

गुट बदल्दा क–कसको भो हरिविजोग ?

काठमाडौं । नेपालीमा एउटा उखान छ, चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी । अवसरलाई मात्रै अर्जुनदृष्टि बनाएर हिँड्नेहरुलाई लक्ष्य गरेर बनाइएको यो उखानले संकेत गर्न खोजेजस्तै नियम राखेर हिँड्दा प्रजातन्त्र, समाजवाद र लोकतन्त्रको वकालत गर्ने पार्टी नेपाली कांग्रेसका केही नेताको अवस्था भने उखानमा चित्रण गर्न खोजेको पात्र जस्तै हुन पुगेको खबर छ ।
minendra-rijal
स्रोतका अनुसार, सुशील कोइराला नेतृत्वको सरकार बन्नुअघिसम्म देउवा गुटमा रहेर राजनीति गरेका र मन्त्रीको अफर पछि गुट बदल्दै कोइरालाल क्याम्पमा छिरेका मीनेन्द्र रिजाल अहिले चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेजस्तै अवस्थामा पुगेका छन् । 

मन्त्रीका लागि क्याम्प बदल्दै रातारात कोइराला खेमामा छिरेका यिनै रिजालले महाधिवेशनलगत्तै कोइराला पक्ष कमजोर अवस्थामा पुगेपछि आफू नजिककासँग निराशा व्यक्त गर्न थालेका छन् ।

स्रोतका अनुसार, मुस्किलले केन्द्रीय सदस्यमा निर्वाचित भएका रिजालले ‘संस्थापन पक्ष यति छिट्टै कमजोर भयो । अब यो समूहले गरी नखाने भयो, के गर्ने होला ?’ भनेर अहिलेदेखि नै नजिककासँग निराशा व्यक्त गर्न थालेको कांग्रेसभित्र चर्चा हुने गरेको छ । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments