Subscribe Us

असुलीदेखि ग्याङफाइट गर्ने गुन्डानाइके हतियारसहित पक्राउ

काठमाडौं। सर्टगन, राइफललगायतका हतियार र गोलीसहित प्रहरीले मंगलबार गुन्डानाइके विश्वक्रान्ति सिंहलाई पक्राउ गरेको छ । 

सानेपास्थित डेराबाट सर्टगन, राइफल र एक सय ५८ राउन्ड गोलीसहित सिंह पक्राउ परेका हुन् । सिंहले ललितपुरमा गुन्डागर्दी गर्दै आएको उजुरी ललितपुर प्रहरीमा परेको छ ।

Reyasi-district-court-arrested-the-escaped-prisoners-in-J-and--K
असुलीदेखि ग्याङफाइटसम्मको अभियोग

हतियारको आडमा ठेक्कापट्टाबाट असुली गर्ने, व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिसन लिने तथा ग्याङफाइटमा संलग्न हुने गरेको उजुरी परेपछि प्रहरीले सिंहलाई खोजी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए ।

सिंहले हाउजिङ व्यवसायीलाई धम्की दिई रकम असुली गरेको उजुरीसमेत परेको प्रहरीले जनाएको छ । उनको कोठाबाट अवैध सिहर्स, ब्राउनसुगरजस्तो धुलो तथा विभिन्न व्यक्तिको पासपोर्टसमेत प्रहरीले बरामद गरेको छ । केही दिनअघि सानेपाको एक बारमा ग्याङफाइटमा समेत उनको संलग्नता खुलेको छ ।

दुई महिनाअघि पनि पक्राउ
दुई महिनाअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो । ललितपुरका डिएसपी दयानिधि ज्ञवाली तथा इन्स्पेक्टर रमेश सिंह घुससहित पक्राउ पर्दा सिंह पनि पक्राउ परेका थिए । उनी इन्स्पेक्टर सिंहको साथी भएकाले रेस्टुरेन्टमा मुद्दा मिलाउने भन्दै गएका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments