Subscribe Us

भारतबाट फर्केपछि मात्र मनोनयन गर्ने मनस्थितिमा देउवा

काठमाडौं। कांग्रेस सभापति शेरवहादुर देउवाले उपसभापतिसहित तीन पदाधिकारी र चौध केन्द्रीय सदस्यको मनोनयन तत्काल नगर्ने भएका छन् ।  

भारतबाट फर्केपछि मात्रै मनोनयनबारे छलफल हुने देउवा निकट एक केन्द्रीय सदस्यले बताए । देउवा वैशाख ६ गते श्रीमती एवं सांसद आरजु राणाको उपचारका क्रममा भारत जाँदैछन्। भारतमा रहँदा उनले भारतीइ नेताहरुसँग् राजनीतिक भेटघाटसमेत गर्नेछन्।

Sherbahadur-Deuba_1

केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का र विमलेन्द्र निधिमध्ये कसलाई उपसभापति बनाउने भन्ने निर्णय लिन कठिनाइ परेकै कारण देउवाले तत्काल पदाधिकारी मनोनयन नगर्ने भएका हुन्। देउवा स्वयं र उनी समूहका अधिकांश नेताहरु निधिलाई उपसभापतिमा मनोनयन गर्नुपर्ने अडानमा छन्।

भ्रष्टाचार प्रमाणित भई जेल जरिवानासमेत भोगिसकेका नेता खड्कालाई उपसभापति बनाउँदा नकारात्मक सन्देश जाने भन्दै निधिलाई बनाउनु पर्ने दबाद देउवा निकटहरुकै छ।

तर देउवालाई सभापतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खड्का उपसभापति पाउनु पर्ने लबिङमा छन्। विधानअनुसार एक उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन प्रस्ताव गर्न देउवाले पाउँछन् । 

Post a Comment

0 Comments