Subscribe Us

गुण्डा नाइकेलाई सरकारी हतियार, छानबिन गर्दा प्रहरी नै आश्चर्य चकीत

काठमडौं, १५ वैशाख । महानगरीय प्रहरी परिसर ललितपुरले गुण्डागर्दीमा संलग्न विश्वक्रान्ति सिंहलाई गत चैत २३ मा दुईवटा हतियार डेढ सयभन्दा धेरै गोलीसहित पक्राउ गर्यो ।

हतियार देखाएर तर्साउने गरेको उजुरीका आधारमा उनीमाथि छानबिन गर्दा दुवै हतियार राख्न उनलाई राज्यबाट नै स्वीकृति दिएको खुलेपछि प्रहरी अधिकारी नै चकित भए । नामुद गुन्डा नाइकेलाई राज्यले नै खतरनाक हतियार राख्ने लाइसेन्स दिएको थियो । 

अवैध हातहतियार देखाएर गुन्डागर्दी तथा अपहरण गरेको आरोपमा हेटौंडाका सिंह ०६४ सालमा जेल परेका थिउ । करिब सात महिना जेल बसेर छुटेलगत्तै उनले सरकारबाटै लाइसेन्स लिएर हतियार किनेको अनुसनधानमा खुलेको छ ।

सरकारबाट लाइसेन्सप्राप्त त्यही हतियारका आधारमा व्यवसायीलाई धम्क्याएर पैसा असुल्दै आएका सिंह तीन सातादेखि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments