Subscribe Us

ग्यास आयात बढ्यो तर कालोबजारी घटेन

काठमाडौं,  चैत २५ । सामान्य अवस्थाको भन्दा धेरै ग्यास भारतबाट भित्रिए पनि उपभोक्ताले सहजरुपमा पाउन सकेका छैनन् । 

मार्च महिनामा ३० हजार मेट्रिक टन ग्यास भित्रिए पनि उद्योगी, बिक्रेता, कालाबजारी र पहुँचवालाको चंगुलमा पर्दा साधारण उपभोक्ताले सजिलै नपाएका हुन् ।
gas

नाकाबन्दी अघि भारतबाट २९ हजार मेट्रिक टन ग्यास आयात हुने गरेको थियो । अप्रिलमा भिएको ग्यासबाट २१ लाख १२ हजार ६ सय ७६ सिलिन्डर भर्न पुग्छ। एक महिनामै यति ठूलो परिणाम ग्यास बजारमा जाँदा डिपोमा उपभोक्ताको लाम घटेको छैन।

भारतको नाकाबन्दीपछि अभाव झेलेका उपभोक्ताको सरकारप्रति विश्वास नहुँदा फेरि अभाव हुनसक्ने आशंकामा ग्यास होल्ड गनै थालेका छन् । आयातमा सुधार भएपनि धेरै सिलिन्डर उपभोक्ताले होल्ड गर्दा बजारमा अभाव नघटेको आपूर्ति मन्लाय, नेपाल आयल निगम र उद्योगीको दाबी छ ।

महिनौंको प्रतीक्षामा सर्वसधारणले ग्यास हात पार्न हम्मे परे पनि पहुँचवाला (प्रहरी, प्रशासन, उच्च घरानियाँ, होटल व्यवसायी र उद्योग) कोमा ग्यास पुग्ने गरेको छ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले ग्यासमा कालोबजारी कायमै रहेको बताए । 

Post a Comment

0 Comments