Subscribe Us

प्रहरीकै मिलेमतोमा गिट्टी र बालुवा तस्करी

 पर्सा। पर्साको ग्रामीण भेगका नाकाबाट भारततर्फ व्यापक रुपमा बालुवा र गिट्टी तस्करी भइरहेको छ । नेपाल सरकारले गिट्टी र बालुवाको भारत निकासीमा रोक लगाएको भए पनि पर्साका ग्रामीण भेगका नाकाबाट दिनहुँ एक सयभन्दा बढी ट्याक्टर गिटी र बालुवा भारततर्फ अवैध रुपमा निकासी भइरहेको छ ।
APF-Police-Nepalशंकरसरैया गाविसमा पर्ने भलुबाही, बढनहारमा पर्ने जमुनिया र भेडाहा खोलाबाट उत्खनन गरिएको बालुवा कारोबारीले पिँडारीगुठी, जानकीटोला, सम्भौता, मिर्जापुर, सबैठहा, अमरपट्टीलगायतका नाका हुँदै भारतको इनरवा, सिक्टा, मैनाटाङ, भंगाहा, प्रसुतिपुर, बल्थर, बेतिया, नरकटियागन्जलगायतका बजारमा लगेर बिक्री गर्दै आएका छन् । तर, प्रहरीले यसलाई रोक्नुको साटो उल्टै सघाउँदै आएको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments