Subscribe Us

गुण्डाका नाइके विश्व क्रान्ति पक्राउ

काठमाडौं, २४ चैत । गुण्डाका नाइके विश्व क्रान्ति सिंहलाई पक्राउ गरेको छ । हेटौंडाका सिंहले ठेक्कापट्टादेखि कमिसनको नाममा पैसा असुल गर्ने गरेको प्रहरीको भनाई छ । 

उनीविरुद्ध धम्की दिएर पैसा असुल गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । दुई महिना अघि घुससहित रंगेहात पक्राउ परेका ललितपुर परिसरका मुद्दा शाखाका डिएसपी दयानिधि ज्ञवालीसँग पनि विश्वको सम्बन्ध रहेको बताइन्छ  । जानकार स्रोतको अनुुसार ज्ञवालीलाई सिंहले फसाएको बताईन्छ । 

उनको साथबाट प्रहरीले एउटा सट गन, सट गनमा लाग्ने १७ राउन्ड गोली, राइफल र १५७ राउन्ड गोली नियन्त्रणमा लिएको एसपी अशोक सिंहले बताए । 

Post a Comment

0 Comments