Subscribe Us

के हुँदै छ वैद्य माओवादीमा ?

काठमाडौं । एमाओवादीसँग पार्टी एकताको निर्णय लिन नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक नौ दिनदेखि जारी छ ।

mohan-baidyaएकताको पक्ष-विपक्षमा नेताहरुले विभाजित भएर मत अभिव्यक्त गरिरहेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । एक सय ९९ सदस्यीय केन्द्रीय समितिमा शनिबारसम्म एक सय ५३ जनाले आफ्नो धारणा राखिसकेको प्रवक्ता पम्फा भुसालले बताइन् ।

अध्यक्ष मोहन वैद्य किरण र नेता रामबहादुर थापा बादलको दुई प्रस्तावमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम आइतबार सकिँदै छ । अधिकांश नेताले आधारभूत विषय मिलाएर समग्र कार्यदिशाका विषयमा छलफल  गर्ने गरी पार्टी एकतामा जान नेतृत्वलाई दबाब दिएका छन् ।

Post a Comment

0 Comments