Subscribe Us

यसरी सम्भव भएको रहेछ देउवाको दुई तिहाइ

काठमाडौं । कांग्रेस संसदीय दलको चुनावबाट कोइराला नेतृत्वको संस्थापनभन्दा देउवा नेतृत्वको संस्थापन बलियो बनेको छ । ६०/४० को समीकरण ठ्याक्कै उल्ट्याएर संस्थापन बनेका देउवाले संसदीय दलमा ६८/३२ को जित निकालेका छन् ।
Sherbahadur-Deuba_1

यति ठूलो मतान्तरका मुख्य ४ कारण

१. केन्द्रीकृत नेतृत्वको कांग्रेसी परम्परा
कांग्रेस विस्तारै बहुपदमा गए पनि मूलत: केन्द्रीकृत नेतृत्वको परम्परा भएको पार्टी हो जसमा सभापति जहिले पनि शक्तिशाली हुन्छन् । कांग्रेसको यही परम्पराका कारण सुशील कोइरालाजस्ता सरल नेता पनि शक्तिमान बनेका थिए । अहिले देउवा सभापति भएपछि उनको शक्तिले संसदीय दलको मतदान पनि प्रभावित गर्‍यो ।

२. सिटौला र केसीको मिहिनेती सहयोग
महाधिवेशनमा पुरानो संस्थापनलाई विभाजित गराएर देउवाको जित सुनिश्चित गराएका सिटौलाले संसदीय दलको निर्वाचनमा देउवालाई मत मात्रै हालेनन्, देउवाको विश्वास जित्ने गरी मिहिनेतसमेत गरे । त्यस्तै, महाधिवेशनदेखि नै देउवातिर लागेका अर्जुननरसिंह केसीले पनि दलमा देउवालाई जिताउन मिहिनेत गरे ।

३. देउवाका नयाँ सहयोगी धेरै सक्रिए भए
सुशील कोइरालाका भाइ अशोक र सुशीलका विश्वासपात्र चिनकाजी श्रेष्ठसम्मले पनि देउवालाई मत हाले । त्यस्तै, फरमुल्लाह मन्सुर प्रस्तावक र पद्मनारायण चौधरी समर्थक बसिदिए । अरू जसले पुरानो संस्थापन छाडेका थिए, उनीहरू देउवाको मनमा कुनै पनि शंका नरहोस् भनेर खुलेरै सक्रिय भए । मतदाता नै सक्रिय हुादा देउवालाई फाइदा भयो ।

४. महाधिवेशनको ह्याङओभर दलमा पनि
पुरानो संस्थापनका नेताहरूले १३औा महाधिवेशनमा नै १४औा महाधिवेशनलाई ध्यान दिए । अर्को महाधिवेशनमा आफू नै सर्वेसर्वा हुने रणनीतिअनुसार आफूलाई समर्थन गर्ने कमजोर उम्मेदवारहरूलाई पनि समूहमा राखे । ती कमजोर उम्मेदवारले जित्न सकेनन्, तर तिनका कारणले चिढिएकाहरूले पौडेललाई कमजोर बनाउन देउवालाई बलियो बनाए ।

Post a Comment

0 Comments