Subscribe Us

शासकीय स्वरुपले नेपाल कमजोर : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान शासकीय स्वरुपले नेपाल कमजोर सावित भएको बताएका छन् ।  नव वर्ष २०७३ को पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै उनले राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भएको बताएका हुन् ।
Ganendra-press--r
शाहले विज्ञप्तिमा ०७३ साल बैशाखदेखि सक्रिय बन्ने भएका हुन् । मुलुकलाई ‘अगस्ति नेतृत्व’ को विकल्प चाहिएको भन्दै देशभक्तहरुलाई समेटेर अघि बढ्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको निश्कर्ष छ ।
‘राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ति नेतृत्वको तृष्णावीचको फाटो नोक्सानदायी भैसकेको छ ।’ उनले भनेका छन्, ‘त्यसैले स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।’

Post a Comment

0 Comments