Subscribe Us

पाँच लाख बढीको चोरी

गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–४ बस्ने देवेन्द्र श्रेष्ठको पसल र घरमा गएराति रु पाँच लाख बढीको चोरी भएको छ ।

 श्रेष्ठको तीनतले घरभित्रै रहेको ऋतिका इन्टरप्राइजेज र घरबाट समेत चोरले दुई लाख नगद, ६ तोला सुन र ३० तोला चाँदीका विभिन्न गरगहना चोरेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


घरधनी श्रेष्ठ स–परिवार चैत ३० गते नै गोरखाको मनकामना मन्दिर दर्शनका लागि घरको मूल गेटमा ताल्चा लगाई गएकामा चोरले उनको घरको मूल ढोकाको ताल्चा फोडी घर र पसलभित्र पसेर लाखौँको लुटपाट गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

चोरले घरको मूल ढोका फुटाएर भित्र पसी घरभित्रका तीनवटा दराज बन्चरोले फुटाएर गरगहना चोरेका छन् भने पसलको ताल्चा काटेर पसलको लकरमा रहेको दुई लाख नगद चोरेर लगेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनु भयो ।

२४ घन्टे प्रहरीको ड्युटी रहने जलेश्वरको मुख्य चौक तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुत्ने कोठाको छेउमै रहेको श्रेष्ठको घर तथा पसलमा ठूलो आवाजमा घरमा तोडफोड र चोरी हुँदा पनि प्रहरी तथा छिमेकीले चोरीबारे केही थाहा नभएको बताएका छन् ।

Post a Comment

0 Comments